काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले लामो समयदेखि दुर्गममा रहेर सेवा गरिरहेका कर्मचारीलाई सुगममा ल्याउने गरी मन्त्रालयले काम गरिरहेको बताएकी छन् ।
मन्त्रालय सम्हालेको एक महिना पुगेको अवसरमा आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री न्यौपानले यस्तो बताएकी हुन् ।
उनले लामो समयदेखि सुगममा बस्ने तर दुर्गममा जान नमान्नेहरूको नाम संकलन भइरहेको र उनीहरूको नाम सञ्चारमाध्यमलाई उपलब्ध गराउने बताइन् ।
उनले प्रमुख प्रशासकीय अधिकृतको काम धेरै स्थानमा निमित्तले गरिरहेको भन्दै अब भदौ महिनाभित्रमा सबै ठाउँमा प्रमुख प्रशासकीय अधिकृतले काम गर्ने गरी व्यवस्था मिलाइएको बताइन् ।
दुर्गममा जान नमान्ने कर्मचारीहरूको आर्थिक अधिकार कटौती गरेर पनि मन्त्रालयले कारबाही गरिरहेको उनले बताइन् ।
मन्त्री न्यौपानेले दुर्गममा खटाउँदा जान्न भन्नेहरुको नाम सार्वजनिक गर्ने चेतावनी दिइन् ।
प्रतिक्रिया