+
Search

ताजा अपडेट +

पपुलर +

अन्तरसरकारी वित्तीय हस्तान्तरण:

गोरखाका स्थानीय तहलाई गण्डकी प्रदेशले पठायो आगामी वर्षका लागि २९ करोड ३३ लाख अनुदान

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि गोरखा जिल्लाका सबै ११ स्थानीय तहलाई कूल २९ करोड ३३ लाख रुपैयाँ अनुदान प्रदान गरेको छ। अनुदान समानीकरण, सशर्त, विशेष र समपूरक शीर्षकमा वितरण गरिएको हो।

पालिका लाइभ
२०८२ असार ६, शुक्रबार

गोरखा– गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि जिल्लाका ११ वटै स्थानीय तहलाई कूल २९ करोड ३३ लाख रुपैयाँ बराबरको अनुदान पठाएको छ।

अन्तरसरकारी वित्तीय हस्तान्तरणको प्रावधानअनुसार समानीकरण, सशर्त, विशेष र समपूरक अनुदान शीर्षकमा यो रकम पठाइएको हो।

अर्थ मन्त्रालयका अनुसार स्थानीय तहहरूले प्राप्त गर्ने अनुदानमध्ये सशर्त, विशेष र समपूरक अनुदान कार्यसम्पादनको आधारमा दिइनेछ। यस वर्षको अनुदान वितरणमा न्यूनतम, सूत्रमा आधारित तथा कार्यसम्पादन आधारित प्रणाली अपनाइएको छ।

गोरखा नगरपालिकाले समानीकरण अनुदानअन्तर्गत ३ करोड ८ लाख ३४ हजार, सशर्त अनुदानबाट २ लाख र समपूरक अनुदान शीर्षकमा १ करोड २० लाख सहित कूल ३ करोड ७० लाख ३४ हजार रुपैयाँ प्राप्त गर्नेछ।

त्यस्तै, पालुङटार नगरपालिकाले समानीकरण अनुदानबाट २ करोड ४३ लाख ४५ हजार, सशर्त अनुदानबाट २ लाख, विशेष अनुदानमा ४० लाख र समपूरक अनुदानअन्तर्गत ६० लाख रुपैयाँ गरी कूल ३ करोड ४५ लाख ४५ हजार रकम पाउनेछ।

अजिरकोट गाउँपालिकाले १ करोड ४१ लाख ५३ हजार समानीकरण अनुदान र २ लाख सशर्त अनुदान सहित १ करोड ४३ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ। आरुघाट गाउँपालिकाले भने समानीकरण अनुदानबाट १ करोड ७४ लाख ६५ हजार, सशर्त २ लाख, विशेष ४० लाख र समपूरक अनुदानमा ६० लाखसहित कूल २ करोड ७६ लाख रुपैयाँ पाउनेछ।

गण्डकी गाउँपालिकाले कूल २ करोड ३९ लाख ९८ हजार प्राप्त गर्नेछ, जसमा समानीकरण अनुदान १ करोड ७७ लाख ९८ हजार, सशर्त २ लाख र समपूरक ६० लाख रुपैयाँ रहेका छन्।

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले कूल १ करोड ९० लाख ७५ हजार रुपैयाँ प्राप्त गर्नेछ। योमध्ये समानीकरणअनुसार ८८ लाख ७५ हजार, सशर्त २ लाख, विशेष अनुदानमा ४० लाख र समपूरकमा ६० लाख रहेका छन्।

धार्चे गाउँपालिकाले २ करोड २१ लाख २ हजार रुपैयाँ प्राप्त गर्नेछ। समानीकरण अन्तर्गत १ करोड १९ लाख २ हजार, सशर्त २ लाख, विशेष ४० लाख र समपूरक ६० लाख रहनेछन्।

भीमसेन थापा गाउँपालिकाले २ करोड ७५ लाख २४ हजार पाउनेछ। योमध्ये १ करोड ७३ लाख २४ हजार समानीकरण, २ लाख सशर्त, ४० लाख विशेष र ६० लाख समपूरक अनुदानका रूपमा प्राप्त हुनेछ।

सहिद लखन गाउँपालिकाले कूल २ करोड ९९ लाख ७८ हजार रुपैयाँ प्राप्त गर्नेछ। समानीकरण अनुदान १ करोड ९९ लाख, विशेष ४० लाख र समपूरक अनुदान ६० लाख रहेका छन्।

सिरानचोक गाउँपालिकाले २ करोड ८३ लाख रुपैयाँ प्राप्त गर्नेछ। योमध्ये १ करोड ८१ लाख १९ हजार समानीकरण, २ लाख सशर्त, ४० लाख विशेष र ६० लाख समपूरक अनुदानको रूपमा प्राप्त हुनेछन्।

बारपाक सुलिकोट गाउँपालिकाले कूल २ करोड ८७ लाख ६७ हजार रुपैयाँ प्राप्त गर्नेछ। यसमा १ करोड ८५ लाख समानीकरण, २ लाख सशर्त, ४० लाख विशेष र ६० लाख समपूरक अनुदान छन्।

यसरी जिल्लाका ११ वटै स्थानीय तहहरूले चालु खर्चतर्फ २० करोड ७३ लाख ३२ हजार र पुँजीगत खर्चतर्फ ८ करोड ६० लाख रुपैयाँ प्राप्त गर्नेछन्। यसअघि नै संघीय सरकारले पनि आफ्ना भागअनुसार अनुदान पठाइसकेको छ।

संघीय तथा प्रदेश सरकार दुवैले आगामी वर्षका पूर्वाधार योजनाहरू सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिसकेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ