काठमाडौं– काठमाडौंबाट लुक्ला जाँदै गरेको समिट एयरको एउटा जहाज इन्जिनमा समस्या देखिएपछि काठमाडौंमै फर्किएको छ ।
आज बिहान ६ः१२ बजे काठमाडौंबाट उडेको जहाज रामेछाप पुग्दा समस्या देखिएपछि काठमाडौं फर्किएको हो ।
नाइन एन एएमजी कल साइनको सो जहाजलाई आकस्मिक अवतरण गराइएको छ ।
जहाजलाई आकस्मिक अवतरण गराउनका लागि काठमाडौंको विमानस्थलमा अन्य उडान–अवतरण केहीबेर रोकिएको थियो ।
‘एउटा इन्जिनमा समस्या देखिएको थियो । अहिले जहाज सुरक्षित रुपमा अवतरण गरिसकेको छ,’ स्रोतले भन्यो ।
विमानस्थलका महाप्रवन्धक जगन्नाथ निरौलाका अनुसार जहाजको एउटा इन्जिनमा समस्या देखिएको थियो।
जहाज बिहान ६:१२ मा काठमाडौंबाट उडेको थियो। ‘जहाज सकुशल अवतरण गराइएको छ, इन्जिनियरहरूले जहाज हेरिरहेका छन्,’ निरौलाले भने।
प्रतिक्रिया