+
Search

ताजा अपडेट +

पपुलर +

एनएमबी बैंकको १२औं हेरिटेज वाक कार्यक्रम सम्पन्न

पालिका लाइभ
२०८२ बैशाख २१, आईतवार

काठमाडौं– एनएमबी बैंकले गट्ठाघर शाखाबाट सुरु भई बोडेको महालक्ष्मी मन्दिरसम्मको मार्गमा बाह्रौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ।

नेपाल हेरिटेज सोसाइटीको सहकार्यमा आयोजित कार्यक्रममा बैंकका कर्मचारी, स्थानीय निकाय र सर्वसाधारण गरी करिब ७०० जनाको सहभागिता थियो।

कार्यक्रमका प्रमुख अतिथि मध्यपुर थिमी नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ रहे। कार्यक्रममा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल हेरिटेज सोसाइटीलाई रु ५ लाख र नगरपालिकालाई डस्टबिन हस्तान्तरण गरेको छ।

यसैगरी, उक्त कार्यक्रम सातवटै प्रदेशका विभिन्न ऐतिहासिक स्थलहरूमा पनि सम्पन्न गरिएको बैंकले जनाएको छ।

बैंकले कोशी प्रदेशमा पूर्व बस स्ट्यान्ड देखि पाउ पाथिभरा मन्दिर झापासम्म, मधेष प्रदेशमा बिरगंज शाखा देखि सन्कराचार्य गेट सम्म, चितवनमा लायन्स चोक देखि हरिहर मन्दिर सम्म, गण्डकी प्रदेशमा लेकसाइड शाखा देखि राम मन्दिर बिरौटा सम्म, लुम्बिनी प्रदे्रशमा भल्वारी शाखा देखि मोक्ष धाम सेवा आश्रम सम्म, कर्णाली प्रदे्रशमा बिरेन्द्रनगर शाखा देखि काक्रेबिहार मन्दिर सम्म र सुदूर पश्चिम प्रदेशमा ग्रीन गोदावरि रिसोर्ट देखि गोदावरी शिव मन्दिर सम्म हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ ।

हाल एनएमबी बैंक देशभर २०२ शाखा, १८६ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गरिरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ