+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौं महानगरको ११ महिनाको बजेट खर्च ४५ प्रतिशतमात्र

पालिका लाइभ
२०८३ असार ५, शुक्रबार

काठमाडौं– काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ सम्म विनियोजनको ४५ प्रतिशतमात्र बजेट खर्च गर्न सकेको छ ।

महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले आगामी आव २०८३/८४ को बजेट प्र्रस्तुत गर्दै चालु आवको बजेट कार्यान्वयनको तथ्यांक प्रस्तुत गरेकी हुन् ।

उनका अनुसार जेठ मसान्तसम्म महानगरले कुल ११ अर्ब २९ करोड २९ लाख रुपैयाँ खर्च गर्न सकेको छ । चालु आव महानगरले २५ अर्ब ११ करोड बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।

जेठ मसान्तसम्म चाुल खर्च ५ अर्ब ७२ करोड र पूँजीगत खर्च ५ अर्ब ५२ करोड रुपैयाँ भएको छ । महानगरले यस खर्चलाई सन्तोषजनक भनेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ