+
Search

ताजा अपडेट +

पपुलर +

उच्च अदालतकाे आदेश

रविलाई भैरहवा ल्याइयो, सोमबार अदालतमा उपस्थित गराइने

पालिका लाइभ
२०८१ चैत्र २३, शनिबार

काठमाडौं– हिजो साँझ पुनः पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रूपेन्देही लगिएको छ ।

उच्च अदालत, बुटवलले पुनः पक्राउ गर्न आदेश दिए लगत्तै हिजो साँझ पक्राउ परेका लामिछानेलाई रूपेन्देही हिरासतमा राख्नका लागि बिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगिएको थियो । उन पहिलो फ्लाइटबाटै रुपन्देही लगिएको हो ।

हिजो रातभर जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौंको हिरासतमा रहेका लामिछानेलाई शनिवार बिहानै विमानस्थल लगिएको हो ।

उच्च अदालत, बुटवलका न्यायाधीशहरू रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासमा सुनुवाई सकिए पछि पुनः पक्राउको आदेश दिइएको थियो ।

बुटवलको सुप्रिम सहकारी प्रकरणमा रुपन्देही जिल्ला अदालतले एक करोड धरौटी रकम मागेको आदेशमा चित्त नबुझाएर लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए ।

उच्च अदालतले लामिछानेलाई थुनामा राख्नका लागि दिएको आदेशमा जिल्ला अदालतले धरौटीमा छोड्दा दिइएका आधारलाई खण्डन गरेको छ ।

धरौटी वा थुनाको विकल्पको चयन मुद्दा तथा आरोपित कसुरको प्रकृति, घटना हुँदाको परिस्थिति, पीडितको अवस्थालगायत विभिन्न सान्दर्भिक पक्षको सापेक्षतामा निर्भर गर्ने उच्च अदालतको व्याख्या छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ