+
Search

ताजा अपडेट +

पपुलर +

तीनवटा टाउकेहरुले आफूलाई छोटे राजा जस्तो देखाउन खोज्छन् : अध्यक्ष भट्टराई

पालिका लाइभ
२०८१ चैत्र ७, बिहीबार

काठमाडौं– नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारमा रहेसम्म सबै ठिक छ भनेर गफ दिने र सरकारबाट गएको भोलीपल्टदेखि खत्तम भयो भन्दै हिँड्ने प्रवृत्ति बढेको बताएका छन् ।

बुधवार माइतीघरमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको मागका लागि आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री केपी शर्मा ओली र  माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूहरूलाई छोटे राजा जस्तो देखाउन खोजेको आरोप लगाए ।

1515551Baburam

उनले भने, ‘अर्का खाले वैद्यको रूपमा तीनवटा टाउको अहिले देखिएका छन् । तिनीहरूले आफूलाई छोटे राजा जस्तो पनि देखाउँछन् । संविधान जारी भएको ९ वर्षमा ११ वटा सरकार परिवर्तन भएका छ । तीनै तीनवटा टाउकोले पालैपालो सरकार चलाइरहेका छन् । अहिले सरकारमा रहेसम्म सबै ठिक ठाक छ । समृद्धि आएको छ, भनेर गफ दिन्छन् अनि सरकारबाट गएको भोलीपल्टदेखि खत्तम भयो बरबाद भयो भनेर हिँड्छन् ।’

साथै, उनले जनताले फ्याँकिसकेको राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको भन्दै राजावादीहरूको प्रदर्शनलाई कुनै महत्त्व दिन आवश्यक नभएको पनि बताए ।

भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था नभएको कारण पहिले नै संविधान आधा मात्र छ भनेर आफूले आवाज उठाएको स्मरण गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ