+
Search

ताजा अपडेट +

पपुलर +

बाढी प्रभावितलाई एभरेष्ट बैंकको ३ करोड ११ लाख बढी सहयोग

पालिका लाइभ
२०८३ भाद्र १७, बुधबार

काठमाडौं– एभरेष्ट बैंक लिमिटेडले बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुन:स्थापनाका लागि ३ करोड ११ लाख रुपैयाँभन्दा बढीको आर्थिक सहयोग प्रदान गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत र बैंकका कर्मचारीहरूको व्यक्तिगत योगदान समेत गरी कुल ३ करोड ११ लाख ५४ हजार ६०५ रुपैयाँ ३८ पैसा ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गरेको हो ।

सहयोग रकममध्ये बैंकले संस्थागत तर्फबाट २ करोड ५१ लाख रुपैयाँ र बैंकमा कार्यरत कर्मचारीहरूको तर्फबाट ६० लाख ५४ हजार ६०५ रुपैयाँ ३८ पैसा संकलन गरिएको बैंकले जनाएको छ ।

ebl support 2

नगद आर्थिक सहयोगका साथै बैंकका कर्मचारीहरूले आफ्नै सक्रियतामा संकलन गरेका अत्यावश्यक राहत सामग्रीहरू समेत विपद् प्रभावित क्षेत्रमा वितरणका लागि अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको छ ।

बैंकले यस प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै विपद्को समयमा अग्रपङ्क्तिमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी तथा स्थानीय निकायहरूप्रति बैंकले आभार प्रकट गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ