+
Search

ताजा अपडेट +

पपुलर +

मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायी महासंघ नेपालबिच व्यावसायिक सम्झौता

पालिका लाइभ
२०८३ भाद्र १७, बुधबार

काठमाडौं– मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायी महासंघ नेपालबीच ढुवानी व्यवसायीलाई सवारीसाधन खरिद तथा व्यवसाय सञ्चालनका लागि कर्जा उपलब्ध गराउनेसम्बन्धी समझदारी भएको छ।

समझदारी पत्रमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र ढुवानी व्यवसायी महासंघ नेपालका अध्यक्ष माधवप्रसाद नेपालले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार महासंघमा आबद्ध सदस्यहरूले ढुवानी व्यवसायका लागि आवश्यक जुनसुकै ब्रान्डका सवारीसाधन खरिद गर्न बैंकबाट कर्जा सुविधा लिन सक्नेछन्। बैंकले आफ्ना १७६ वटै शाखामार्फत आकर्षक तथा सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने जनाएको छ।

यस सहकार्यबाट ढुवानी व्यवसायीलाई सवारीसाधन खरिद गर्न तथा व्यवसाय विस्तारका लागि आवश्यक वित्तीय स्रोत जुटाउन सहज हुने अपेक्षा गरिएको छ।

बैंकले यसअघि नै अटो कर्जा, कृषि कर्जालगायतका विभिन्न कर्जामा न्यूनतम ब्याजदरमा कर्जा उपलब्ध गराउने विशेष योजना ल्याएको जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ