+
Search

ताजा अपडेट +

पपुलर +

हिरासतमा लैजाँदै गर्दा मानव अधिकार हनन् भए त्यो समितिले हेर्नुपर्छ: सोविता गौतम

पालिका लाइभ
पालिका लाइभ
२०८१ माघ १५, मंगलवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कि सांसद सोविता गौतमले कुनै पनि व्यक्तिलाई हिरासतमा लैजाँदै गर्दा मानव अधिकार हनन हुन नहुने बताएकी छन् ।

मंगलबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले हिरासतमा लैजाँदै गर्दा मानव अधिकार हनन भएको समेत समितिले हेर्नुपर्ने बताएकी हुन् ।

उनले भनिन्,‘कुनै पनि व्यक्तिलाई हिरासतमा लैजाँदै गर्दा मानव अधिकार हनन हुन नपर्ने हो । तर यो समितिले पनि व्यक्तिलाई हिरासतमा लैजाँदै गर्दा मानव अधिकार हनन भयो की भएन हेर्न जरुरी छ । साथै यो विषय कानुन, न्याय तथा मानव अधिकार समितिको क्षेत्राधिकार भएकाले चर्चा गर्नुपर्ने आवश्यक छ । पछिल्लो समय आम नागरिकहरूमाथि जसले प्रश्न गर्छ त्यसलाई राज्यले पक्राउन गर्ने, अनुसन्धानको नाममा थुनामा राख्ने गरेको पाइन्छ यसमा पनि समितिको ध्यान जान जरुरी छ ।’

साथै उनले पछिल्लो समय मानव अधिकारको गम्भीर उल्ङ्घनबारे समेत समितिलाई ध्यानाकर्षण गराइन् । उनले तीन वर्ष भन्दा कम सजाय हुने कसुरमा थुन्ने र त्यसपछि मात्र अभियोजन हुने काम हुँदा मानव अधिकारको गम्भीर उल्ङ्घन भएको बताइन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ

खोजमूलक, सकारात्मक तथा विकासवादी समाचार, सूचना र विचारले पाठकहरूमा आशा, विश्वास र सकारात्मक भावनाको विकास गराई नेपाली समाज, सभ्यता, संस्कृतिको विकासमा योगदान पुर्‍याउने उद्देश्यले मुनाफा वितरण नगर्ने कम्पनीको रूपमा पालिका लाइभको स्थापना गरिएको हो।