+
Search

ताजा अपडेट +

पपुलर +

कुमारी बैंकले गर्‍यो १० लाखको बीमा रकम भुक्तानी

पालिका लाइभ
२०८१ पुष १७, बुधबार

काठमाडौं– कुमारी बैंक लिमिटेडले ‘कुमारी परिवार सुरक्षा बचत खाता’ योजना अन्तर्गत खातावालाको परिवारलाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ ।

खातावालाको परिवारको तर्फबाट मुना राणालाई कुमारी बैंकको टोखा शाखाबाट रकम हस्तान्तरण गरिएको जनाइएको छ ।

कुमारी बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ ।

यस खातामा खातावाला सहित परिवारका चार जना सदस्यहरूले २६ लाख रुपैयाँसम्मको बीमा प्राप्त गर्न सक्ने सुविधा रहेको छ ।

कुमारी बैंकले विगत ५ वर्षदेखि ग्राहकको सुविधाका लागि कुमारी परिवार सुरक्षा बचत खाता योजना मार्फत बीमा लगायत अन्य उत्कृष्ट सुविधा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ