+
Search

ताजा अपडेट +

पपुलर +

प्रभु बैंक आफ्नो सञ्जाल विस्तारमा, पोखराको नयाँगाउँमा नयाँ शाखा सञ्चालनमा

पालिका लाइभ
२०८१ बैशाख ३, सोमबार

पोखरा– प्रभु बैंक आफ्नो शाखा सञ्जाल विस्तारमा लागेको छ। बैंकले पोखरा महानगरपालिका-१५ स्थित नयाँगाउँमा सोमबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

नयाँ गाउँमा शाखा विस्तार गर्दै प्रभु बैंकले गण्डकी प्रदेशमा ५४औँ शाखा सञ्चालनमा ल्याएको हो ।  बैंकको यो ३०२औं शाखा हो।

बैंकको गण्डकी प्रदेश व्यवसाय केन्द्र अधिकृत शान्ती शेरचन गौचनले शाखा कार्यालय उद्‍घाटन गरिन्। उनले शाखा सञ्चालनमा आएसँगं नयाँगाउँमा आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।

पोखरा महानगरपालिका–१५ का वडाध्यक्ष तोरण बानियाँले वडाभित्र नै बैङ्कको शाखा विस्तार हुँदा सर्वसाधारणदेखि स्थानीयहरूलाई बैङ्किङ कारोबारमा सहज हुने बताए ।

प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु रानाले सबल अर्थतन्त्र विकासको सहयात्री, अग्रणी वाणिज्य बैङ्कको शाखाले समाजको प्रत्येक सदस्यलाई उत्कृष्ट गुणस्तर सहितको वित्तीय उत्पादन तथा सेवाहरू उपलब्ध गराएर आर्थिक समृद्धिको लागि योगदान दिनेमा विश्वास लिएको बताए ।

प्रभु बैंकले पोखराको बगर, हरि चोक, रत्न चोक, न्युरोड, अघौंचोक, बाजापाटन, ताल चोक, बिरौटा र नयाँ गाउँमा शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले कास्कीको माछापुच्छ्रे गाउँपालिकामा समेत शाखा विस्तार गरिसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ