+
Search

ताजा अपडेट +

पपुलर +

प्राधिकरणका महानिर्देशक अधिकारीलाई पर्यटन मन्त्रीको दोस्रो स्पष्टीकरण

पालिका लाइभ
२०८० असार २१, बिहीबार

काठमाडौँ- सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई फेरि तीन दिने स्पष्टिकरण सोधेको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले ७ दिनको म्याद गदिएर गत असार ११ गते सोधेको ९ बुदे स्पष्टीकरणको जवाफ नदिएपछि फेरि सोधिएको हो।

७ दिनको समय राख‍ेर सोधिएको प्रश्नको जवाफ नआएपछि बुधबारको मन्त्रिस्तरीय निर्णयअनुसार के कति कारणले जवाफ नपठाएको हो स्पष्ट जवाफ ३ दिनभित्र लेखेर पठाउन भनिएक हो।

तीन दिन समय राखेर सोधिएको स्पष्टीकरणको पनि जवाफ नदिए कानुनअनुसार प्रक्रिया अगाडि बढाएर अधिकारीलाई निलम्बन गर्ने तयारी मन्त्रालयले गरेको छ।

गत असार ११ गते सामाजिक सञ्जालमार्फत स्पष्टीकरण सोधिएको भन्दै त्यसको जवाफ आफूले दिन नसक्ने अधिकारीले सामाजिक सञ्जालमार्फत नै बताएका थिए।

स्पष्टीकरणको जवाफ नदिएसँगै अधिकारीबारेमा मन्त्रालय थप आक्रामक बनेको हो।

स्रोतका अनुसार उनी विरुद्ध सम्पत्ति शुद्धिकरण र अख्तियारमा समेत भ्रष्टारविरुद्धको मुद्दा लगाउने तयारी छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ