+
Search

ताजा अपडेट +

पपुलर +

गोरखाका स्थानीय तहलाई संघ सरकारले बढायाे बजेट, कुनलाई कति ?

लीलाधर काेइराला
२०७९ जेष्ठ १६, सोमबार

गोरखा– सरकारले आर्थिक वर्ष २०७९/८० का लागि गोरखाका स्थानीय तहमा करिब ४ अर्ब ५५ करोड ६ लाख बजेट विनियोजन गरेको छ । यो आर्थिक वर्ष २०७८/७९ को तुलनामा बढी बजेट हो ।

आर्थिक वर्ष २०७८/७९ का लागि जिल्लाका स्थानीय तहलाई ४ अर्ब ४ करोड १३ लाख बजेट विनियोजन गरेको थियो । यो वर्ष गोरखाका स्थानीय तहले कम बजेट पाएका हुन् ।

अर्थ मन्त्रालयले अन्तर सरकारी वित्तीय हस्तान्तरण मार्फत आगामी आर्थिक वर्षका लागि जिल्लाका ११ वटै स्थानीय तहलाई उपलब्ध गराएको अनुदान बजेट सार्वजनिक गरेको छ। योसँगै अर्थ मन्त्रालयले जिल्लाका २ नगरपालिका र ९ गाउँपालिकाले पाउने अनुदान रकमको विवरण सार्वजनिक गरेको छ ।

मन्त्रालयले सार्वजनिक गरेको विवरणमा गोरखा नगरपालिकाले ६३ करोड ६ लाख, पालुङटार नगरपालिकाले ५७ करोड ६७ लाख, अजिरकाेट गाउँपालिकाले ३० करोड २४ लाख, आरुघाट गाउँपालिकाले ४० करोड ४८ लाख, गण्डकी गाउँपालिकाले ४५ करोड र चुमनुब्री गाउँपालिकाले १९ करोड ८२ लाख बजेट पाउने भएका छन् ।

धार्चे गाउँपालिकाले २७ करोड ७४ लाख, भीमसेन थापा गाउँपालिकाले ३९ करोड १५ लाख, सहिद लखन गाउँपालिकाले ४५ करोड ७३ लाख, सिरानचोक गाउँपालिकाले ४५ करोड ८७ लाख र बारपाक सुलिकोट गाउँपालिकाले ४० करोड ३० लाख बजेट पाएका छन् ।

अघिल्लो आर्थिक वर्षमा गोरखा नगरपालिका ५६ करोड ९५ लाख, चुमनुव्रीले २० करोड १३ लाख, गण्डकीले ४० करोड ७२ लाख, सिरानचाेकले ४२ करोड, आरुघाटले ३७ करोड ६५ लाख र धार्चेले २४ करोड १७ लाख बजेट पाएका थिए ।

पालुङटारले ५१ करोड ४ लाख, अजिरकाेटले २९ करोड ४८ लाख, भीमसेन थापाले ३७ करोड ४२ लाख, सहिद लखनले ४० करोड ५३ लाख र बारपाक-सुलिकाेटले ४० करोड ३ लाख अनुदान रकम पाउने भएका हुन् ।

याे पनि,

गाेरखाका स्थानिय तहलाई कति बजेट ? [पूर्ण विवरण सहित]

वित्तीय हस्तान्तरणमा गाेरखाका स्थानिय तहलाई कति बजेट ? [पूर्ण विवरण सहित]

प्रतिक्रिया

लेखकको बारेमा

लीलाधर काेइराला