+
Search

ताजा अपडेट +

पपुलर +

मतदाता फकाउन बाबुरामको ‘चुनावी घरदैलो’

पालिका लाइभ
२०७८ कार्तिक ३०, मंगलवार

गाेरखा- जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई विगत ८ दिनदेखि गोरखामा छन् । ‘जनभेटघाट कार्यक्रम’ नाम दिएर कार्तिक २२ गते गोरखा यात्रामा निस्किएका भट्टराईको घरदैलो मुलतः चुनाव लक्षित छ ।

आम चुनाव आउन अझैं समय भए पनि भट्टराईले आफ्नो अवस्था मजबुत पार्न चुनावी क्षेत्रका गाउँवस्तीहरुको भ्रमण बाक्लो बनाएका हुन्। करिब १५ दिने लामो घरदैलोमा बाबुराम गोरखाको गण्डकी गाउँपालिका, शहिद लखन गाउँपालिका, भिमसेन थापा गाउँपालिका, आरूघाट गाउँपालिका, धार्चे गाउँपालिका, बारपाक-सुलिकाेट गाउँपालिका देखि गाेरखा नगरपालिकासम्ममा चुनाव लक्षित घरदैलो कार्यक्रम गरिरहेका छन् ।

254951345 BRB gorkha

श्रीमती हिसिला यमी भट्टराईसहित गोरखा पुगेका उनी दिवंगत परिवारको घरमा पनि पुगेको देख्न सकिन्छ भने कतै धान चुटिरहेका छन् ।महिनामा कम्तीमा एकपटक गृहजिल्ला गोरखा जाने र जनताका घरमा बसोबास गर्दै आएका पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराई यसपालि ११ दिने अभियानअन्तर्गत गोरखाका गाउँ-गाउँ पुगेका छन्।

चुनावकै बेलाजस्तै गरी भट्टराई जनताका घरदैलोमा पुगेका छन्। उनी मंसिर ३ गतेसम्म गोरखाका क्षेत्र नम्बर १ र २ का विभिन्न बस्ती पुग्ने र जनताका कुरा सुन्ने तथा कार्यक्रमहरूमा सहभागी हुने कार्यक्रम छ। भट्टराई सडक नपुगेका क्षेत्रमा लौरी टेकेरै पुगेका छन्।

15201aaa BRB

भट्टराईले गाउँमा जसपाका नेता तथा कार्यकर्ता मात्र होइन नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)का स्थानीय नेता तथा कार्यकर्तासँग पनि कुराकानी गरिरहेका छन्।

भट्टराईको साथमा जसपा नेता हिसिया यमी र गण्डकी प्रदेशका उर्जामन्त्री हरिशरण आचार्य, गोरखा जसपा अध्यक्ष यानप्रसाद भट्ट, पूर्वसभासद ज्ञानेन्द्र कुमाललगायत नेताहरू पनि गाउँ-गाउँमा पुगेका छन्। उनी अझै, पालुङटार नगरपालिका, सिरानचाेक गाउँपालिका र अजिरकाेट गाउँपालिकाका विभिन्न भागमा पुग्ने कार्यक्रम रहेकाे छ ।

 

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणालीमा जाेड

उनले माओवादीलगायतका दलहरुले अहिलेको संविधानमा सबैथोक पुग्यो भन्नु यथार्थ नभएको भन्दै अहिलेको संविधान पूर्ण नभएको बताए । ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली लागू नभएसम्म संविधानसभाबाट बनेको संविधान पनि पूर्ण छैन’, उनले भने, ‘संविधान आधा गिलास खाली र आधा गिलास भरिएको जस्तो मात्र भएको छ, प्रत्यक्ष राष्ट्रपतीय प्रणाली लागू गर्न सके मात्र त्यो पूरा हुन्छ।’

15201 BRB1248

अहिलेको नेपालको सङ्घीयता आफूहरुले खोजेको जस्तो सङ्घीयता नभएको पनि उनकाे भनाइ छ । ‘विभिन्न जातजाति, भाषा र समुदायले बनेको मुलुक हो, सङ्घीयता भनेको आफ्नो भाषा, इतिहास थातथलो मिल्ने गरी भौगोलिक सीमाङ्कन गरिएको हुनुपर्छ, देश ठूलो भएकाले काँक्रो चिरे जस्तो चिर्ने भन्ने मात्र सङ्घीयता होइन’, भट्टराईले भने, ‘जातीय र भाषिक विविधता भएको देशमा त्यही अनुसार सीमाङ्कन हुनुपर्थ्यो।’

उनले हिजोका माओवादी एकता आवश्यक भए पनि पुरानै अवस्था नभइ पुराना माओवादी नयाँ ठाउँमा आएर एकता हुनुपर्ने बताए । ‘नयाँ विचारशैली र ढाँचा बोकेको नेतृत्व प्रणाली भएको ठाउँमा जाऔँ, माओवादीको हिजोको विचारले मात्र पुग्दैन’, उनले भने, ‘सबै माओवादी एकै ठाउँमा आएर हिजोकै ठाउँमा फर्कने भन्ने कुरा भावनात्मक कुरा मात्र हो।’

15201 BRB q1

बुढिगण्डकी कहिले बन्छ ?

भट्टराईले दुई महिनाभित्रै बुढिगण्डकीको मोडालिटीबारे टुंगो लाग्ने बताएका छन् । भेटघाटमा भट्टराईलाई स्थानीयले आफ्ना समस्या र सरोकारबारे प्रश्न पनि गरे। घ्याल्चोक, तोरी स्वारा, बेनिघाट, माझीगाउँका स्थानीयले नछुटाएको प्रश्न थियो, ‘बुढिगण्डकी बन्छ कि बन्दैन ? बने कहिले बन्छ ? कुन मोडालिटीमा बन्छ ?’

@palikalivenp

कार्यकर्ता फकाउन जिल्ला दाैडाहामा बाबुराम भट्टराई #baburambhattarai #gorkha #gorkhasandesh #hamrogorkha

♬ original sound – Liladhar Koirala – Palika Live

योजनाकार भट्टराईलाई गोरखा आउनुअघि यसबारे जनताले प्रश्न गर्छन् भन्ने थाहा भएअनुसार नै सम्बन्धित मन्त्रालयसँग जवाफ मागेर नै गोरखा पुगेका थिए। उनले आयोजनाले गति लिन नसक्नुको प्रमुख कारण ‘कुन मोडालिटीमा बनाउने’ भन्ने टुंगो नलाग्नु रहेको जानकारी गराए।

15201 BRB11

एमसीसी पास गरे देश खान्छ भन्छन् नि के हो ?

संसदमा उठेका एमसीसीबारे पक्षविपक्षका सवाल/जवाफलाई उदाहरण दिँदै उनीसँग गण्डकीका जनताले ‘एमसीसी पास गरे देश खान्छ भन्छन् के हो’ भनेर सोधे। जवाफमा भट्टराईले नेपालमा विकास नहोस् भन्ने तत्वहरुले नै एमसीसीबारे भ्रम छरेको बताए। यसमा भारत, चीन र अमेरिका लागेको उनको आरोप थियो। एमसीसी सहयोग लिएर देश विकास गर्नुपर्ने उनको तर्क थियो।

भट्टराईले एमसीसीबारे शंका नगर्न जनतालाई आग्रह गरे। एमसीसीले देश खान्छ भन्ने भ्रम हो भन्दै उनले भने, ‘एमसीसी पास गरे यहाँ अमेरिकी सेना नेपाल आउँछ, नेपाल खान्छ भन्छन्। यी सबै भ्रम हुन्। के त्यस्तो भए, नेपाली सुरक्षाकर्मी के हेरेर बस्छ ? हामी चुप लागेर बस्दैनौं नि।’

@palikalivenp

जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराई विगत ६ दिनदेखि गोरखामा छन् । ‘जनभेटघाट कार्यक्रम’ नाम दिएर कार्तिक २२ गते गोरखा यात्रामा निस्किएका भट्टराईको घरदैलो मुलतः चुनाव लक्षित छ ।#gorkha #Gorkha #gorkhasandeash #baburambhattarai

♬ original sound – Palika Live

भट्टराईले अहिले सहयोग लिने र विकास तथा समृद्धिमा लाग्ने बताए। अहिले कसैसँग निहुँ खोज्ने अवस्थामा हामी नभएको भन्दै उनले पहिले आफू बलियो बनेमा बसैले हेप्न नसक्ने बताए। भट्टराईले भने, ‘अहिले एउटाले सहयोग दिन लाग्दा अर्को देशले भ्रम छर्ने काम गरेको छ, यो गलत काम हो।’

जात र गोत्र त फेरिन्छ, पुरानै पार्टीमा बस्नुपर्छ भन्ने छैन

पुराना पार्टीबाट देशको विकास र समृद्धि सम्भव छैन । विकासको लागि सबैभन्दा पहिले राजनीति ठीक ठाउँमा आउनुपर्छ,’ भेटघाटको क्रममा उनले भने, ’जात र गोत्र त परिवर्तन हुन्छ । विकासको लागि पुरानै पार्टीमा बस्नुपर्छ भन्ने छैन । हाम्रो सोच बदल्न जरुरी छ ।’

अहिलेको राजनीतिक पार्टी र नेतृत्वले देशको विकास हुन नसक्ने उनको दाबी छ । तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेकपा (नेकपा) विभाजनलाई उदाहरण दिएर भट्टराईले पुरानो पार्टीबाट अब विकास र समृद्धि सम्भव नहुने विश्लेषण गरे । भट्टराई नेकपा माओवादी केन्द्रबाट, नयाँ शक्ति हुँदै अहिले जसपामा छन् ।

@palikalivenp

गाेरखाबाट बाबुरामले दिन खाेजेकने सन्देश#baburambhattarai #gorkhalimuser #benighat #लार्केपास #Gorkha #gorkhasandeash #viral

♬ original sound – Palika Live

गाेरखालाई दुई जिल्ला बनाउँ

भट्टराईले गोरखाको उत्तरी क्षेत्रलाई समेटेर अर्को जिल्ला बनाउनु पर्ने बताउनुभएको छ । लाप्राकमा शुक्रवार साँझ भएको कार्यक्रममा बोल्दै तमू बाहुल्य क्षेत्रलाई समेटेर छुट्टै जिल्ला बनाउनुपर्ने बताएका हुन् । संविधानमा पनि यसप्रकारको ब्यवस्था रहेको उनको भनाई थियाे । ‘जिल्ला वा विषेश क्षेत्र र वा स्वायत्त क्षेत्र बनाउन सकिने भन्ने ब्यवस्था संविधानमा पनि छ तर जनताले बुझ्ने भनेको जिल्ला हो’ उनले भने ‘त्यसैले धार्चे र चुमनुब्री सहित दक्षिण क्षेत्रको वारपाक त्यहाँ गुरुङ वाहुल्य भएको हुनाले उनीहरुलाई पनि यसमा समेट्नु नै ठीक हुन्छ भन्ने मलाई लाग्छ ।’

@palikalivenp

नेपाली सेनाले निर्माण गरिरहेकाे बेनिघाट-आरूघाट-लार्केभञ्जाङ सडक निर्माणको अवस्था बुझ्दै डा. बाबुराम भट्टराई ।#gorkha #gorkhasandesh #larkepass #BRB

♬ original sound – Liladhar Koirala – Palika Live

यसका लागि आवाज उठाउन उनले स्थानीय समुदायलाई आग्रह पनि गरे । ‘तपाईहरुको आफ्नो सत्ता आफ्नो हातमा नआएसम्म, आफ्नो जनप्रतिनिधि आफैंले नचुनेसम्म तपाईहरु जतिसुकै चिच्याएर कराए पनि विकास हुँदैन, हाम्रो निष्कर्ष यो पनि हो, यस निम्ति सबै पार्टी एक ठाऊँमा आउनुपर्छ ।’

न्यायपालिकामा जारी विवादको समाधान नभए संसदबाट !

उनले न्यायपालिकामा जारी विवादको समाधान संसदबाट खोज्नुपर्ने बताएका छन् । शुरुको चरणमा न्यायपालिका आफैंले आफूभित्रको विवादको हल गरोस् भन्ने सोचिएको भन्दै उनले अब समस्या गिजोलिएर गएको बताएका हुन् । सोमवार बगुवामा भएको पत्रकार भेटघाटमा अब न्यायपालिकाले आफूभित्रको समस्या आफैंले हल गर्न सक्ने अवस्था नरहेको बताए ।

न्यायपालिकाको समस्या ब्यवस्थापिकाले हल गर्नु भनेको प्रधानन्याधिशलाई महाअभियोग लगाएर हटाउनु मात्रै भने नरहेको उनले स्पष्ट पारे। राज्यको तीनवटै अंग ब्यवस्थापिका, कार्यपालिका र न्यायपालिका यसरी संकटग्रस्त हुनु शुभ संकेत भने नभएको उनको भनाई छ । राज्यका तीन अंगले एकले अर्कालाई हस्तक्षेप गर्ने क्रम विगतदेखिनै चल्दै आएको भन्दै उनले समस्याग्रस्त हुँदा समाधानका लागि एक अर्कालाई सहयोग गर्नुपर्ने बताए ।

@palikalivenp

बेनिघाट-लार्केभज्याङ सडकखण्डमा बजेट कम भयाे । सरकारले उपेक्षा गर्याे- डा. बाबुराम भट्टराई #gorkhasandesh #larke #larkepass #gorkha #baburambhattarai

♬ original sound – Liladhar Koirala – Palika Live

गठवन्धनलाई आगामी निर्वाचनसम्मै

भट्टराईले अहिलेको सत्तापक्षीय गठवन्धनलाई आगामी निर्वाचनसम्मै कायम गर्नुपर्ने बताए । प्रतिगामी तत्वलाई सरकारबाट हटाए पनि शीर उठाउन नसक्ने बनाउनका लागि चुनावसम्म गठनवन्धनलाई लैजानुपर्ने उनकाे तर्क थियाे । भट्टराईले विकास र समृद्धिको तीब्र आकांक्ष पूरा नहुँदा प्रत्येक दलभित्रका नेता कार्यकर्तामा असन्तुष्टि बढ्दै गैरहेको बुझिएको बताए ।

याे पनि,

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली लागू नभएसम्म सरकार स्थिर बन्न सक्दैन : बाबुराम भट्टराई

घरदैलोमा हिँडेका बाबुरामलाई जनताले सोधे- बुढिगण्डकी कहिले बन्छ, भने- दुई महिनाभित्रै टुंगो लाग्छ

गाेरखामा बाबुरामकाे ‘सुज’ अभियान : धार्चेदेखि बारपाक हुदैं भच्चेकसम्म, के छ कार्यक्रम ?

गाेरखा पुगेर बाबुरामले भने- जात र गोत्र त फेरिन्छ, पुरानै पार्टीमा बस्नुपर्छ भन्ने छैन

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ