+
Search

ताजा अपडेट +

पपुलर +

सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने गरिमा बैंकको प्रस्ताव

पालिका लाइभ
२०८३ भाद्र १९, शुक्रबार

काठमाडौं– गरिमा विकास बैंक लिमिटेडले सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ।

बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

हाल कायम चुक्ता पूँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँको १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावमा निर्णय गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई विकास बैंकको आगामी वार्षिक साधारण–सभाबाट पारित भएपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ।

हाल ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३ सय ६७ रुपैयाँ २२ पैसा चुक्ता पुँजी छ।

समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी २०औँ वार्षिक साधारण–सभाबाट पारित भएपश्चात विकास बैंकको चुक्ता पुँजी ६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार २ सय ३ रुपैयाँ ९४ पैसा कायम हुने बैंकले जनाएको छ।

काठमाडाैंको बालुवाटारमामा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले देशभर १२६ शाखा कार्यालय र ५१ वटा एटिएमसहित ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ