+
Search

ताजा अपडेट +

पपुलर +

देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव, १४९ जना सांसदको हस्ताक्षरसहित विपक्षी दल शीतलनिवासमा

पालिका लाइभ
२०७८ जेष्ठ ७, शुक्रबार

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको विपक्षी गठबन्धन सांसदहरूको हस्ताक्षर संकलन अभियानमा जुटेको छ।

नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा हस्ताक्षर संकलन शुरु भएको छ। नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपको बाबुराम भट्टराई-उपेन्द्र यादव पक्ष र एमालेकाे माधवकुमार नेपाल पक्षका सांसदले हस्ताक्षर गर्ने बताइएको छ।

आफूहरुसँग १४९ सांसद रहेको उनीहरूको दाबी छ। कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता नेपाल भने कांग्रेस दलको कार्यालयबाट निस्केर छुट्टै छलफलमा जुटेका छन्।

यसअघि उनीहरुले नेपाली कांग्रेस सभापति देउवा निवासमा छलफल गरेका थिए। बुढानीकण्ठको बैठकपछि विपक्षीहरु आ–आफ्नो दलमा आन्तरिक छलफल गरेर पुनः सिंहदरबारमा छलफलमा जुटेका हुन्।

विपक्षी दललले राष्ट्रपतिविरुद्ध महाअभियोग र प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरिरहेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ