+
Search

ताजा अपडेट +

पपुलर +

बूढीगण्डकीको भ्रष्टाचारमा प्रचण्डलाई जोडेकोप्रति बाबुरामले क्षमायाचना गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ

पालिका लाइभ
२०७७ आश्विन २९, बिहीबार

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बूढीगण्डकी परियोजनामा पुष्पकमल दाहाल प्रचण्डको समेत संलग्नतामा अनियमितता गरेको भनी दिएको अभिव्यक्तिप्रति पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले क्षमायाचना गर्नुपर्ने बताएका छन्।

बुधबार एक विज्ञप्ति जारी गर्दै श्रेष्ठले यस्तो धारणा सार्वजनिक गरेका हुन्।

गत साता भट्टराईले बुढी गण्डकी आयोजनाको नौ अर्ब तीन पूर्वप्रधानमन्त्रीले भ्रष्टाचार गरेको अभिव्यक्ति दिएका थिए।

भट्टराईको उक्त अभिव्यक्तिमा कुनै सत्यता नभएको भन्दै सम्बन्धित निकायमा प्रमाणसहित पेस गर्न पनि प्रवक्ता श्रेष्ठले चुनौती दिएका छन्। भट्टराइको सो अभिव्यक्ति झुट गलत र कपोलकल्पित भएको समेत प्रवक्ता श्रेष्ठको भनाइ छ।

सोही विषयमा बाबुरामले नेपाली कांग्रेसका सभापति समेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पनि अनियमितता गरेको आरोप लगाएका थिए।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले तथ्यको जगमा सत्यको खोजी नगरी आवेगमा आएको टिप्पणी भनी प्रतिक्रिया दिएका थिए।

भट्टराईको बोलीको खण्डन गर्दै शर्माले भनेका थिए, ‘क्षणिक लाभ हुनसक्ला तर त्यसले न सम्बन्धित व्यक्तिको ओज अभिवृद्धि हुन्छ न राजनीतिको गरिमा बढ्छ।’ भट्टराईलाई उनको बोली पुष्टि गर्न शर्माले चुनौती दिएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ