+
Search

ताजा अपडेट +

पपुलर +

तनहुँको एकै वडाका २० जनासहित गण्डकी प्रदेशमा थप २१ जनालाई कोरोना संक्रमण

पालिका लाइभ
२०७७ श्रावण ३०, शुक्रबार

काठमाडौं– गण्डकी प्रदेशका थप २१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

योसहित प्रदेशमा संक्रमितको संख्या १६८१ पुगेको छ।

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षण अनुसार गण्डकी प्रदेशमा शुक्रबार थप २१ जनामा संक्रमण देखिएको हो।

तनहुँको भानु नगरपालिका-१ का २० जनामा संक्रमण देखिएको हो। उक्त वडाका १४ पुरुष र ६ महिलामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

यस्तै स्याङ्जा पुतलिबजारका एक ३९ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको निर्देशनालयले जनाएको छ।

117592637 177354640438988 24278664802520255 o

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ