+
Search

ताजा अपडेट +

पपुलर +

गण्डकी प्रदेशका १ सय १० वटा पर्यटकीय गन्तब्यमा ‘गोरखाका १३ स्थल’

पालिका लाइभ
२०७६ जेष्ठ ४, शनिबार

गाेरखा- गण्डकी प्रदेश सरकारले प्रदेश भित्रका ११ जिल्लाको १ सय १० वटा पर्यटकीय गन्तव्यहरु सार्वजनिक गरेको छ । उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयले प्रत्येक जिल्लाका १०/१० वटा पर्यटकीय गन्तव्यहरुको पहिचान गरी सार्वजनिक गरेको हो ।

प्रदेश सरकारले सार्वजनिक गरेकाे सुचिमा गाेरखाका १३ पर्यटकिय गतव्य समाबेश भएकाे छ ।

सुचिमा गोरखा दरबार, मनकामना मन्दिर, केबलकार, छेकम्पार, बारपाक, लाप्राक, लार्केपास, श्रीनाथकोट मण्डली, गोरखाकालिका र गोरखनाथ गुफा, लिगलिगकोट, मनास्लु हिमाल र मनास्लु संरक्षण क्षेत्रलाई पर्यटकीय गन्तब्यमा सूचीकृत गरेको हो ।

नेपाल सरकारले १ सय वटा पर्यटकीय गन्तव्यहरुमा गाेरखाका मनकामना, गाेरखा दरबारसहित उत्तरी गाेरखाकाे चुम भ्याली सुचीमा समाबेश गरेकाे थियाे । त्यसलार्इ नै पछ्याउदै प्रदेश सरकारले पनि सुचि सार्वजनिक गरेकाे हाे ।

छनौट भएका स्थानको प्रचार प्रसार, आवश्यक पूर्वाधार निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने जनाएको छ ।

पुस्तकका संकलक, सम्पादन, संयोजक एवं मन्त्रालयका कार्यक्रम अधिकृत तुलसीराम शर्माका अनुसार नेपाल सरकारले तयार गरेको टुरिजम मास्टर प्लान, जिल्ला समन्वय समिति, नेपाल पर्यटन बोर्डले प्रकाशन गरेको ‘टुरिजम प्रडक्ट अफ नेपाल’ नामक पुस्तक लगायतको सहयोगमा पर्यटकीय गन्तव्य छनोट गरिएको हो ।

 गोरखा दरबार

Gorkha Darbar 2

गोरखा दरबार

जिल्लामा रहेको यो ऐतिहासिक दरबार गोरखा सहर भन्दा माथि पहाडको टुप्पामा रहेको छ। यस दरबारको पस्चिम दिशामा देवी गोरखकालीको मन्दिर रहेको छ। त्यहाँ एउटा पुरानो गुफा पनि छ जहाँ बाबा गोरखनाथको मुर्ति रहेको पाईन्छ।

नेपाल एकीकरणमा महत्वपूर्ण योगदान पुर्याएका राजा पृथ्वी नारायण शाहको जन्मस्थल रहेको यो दरबार नेपालको महत्वपुर्ण ऐतिहासिक स्थल मनिन्छ। तर २०७२ सालमा गएकाे विनासकारी भुकम्पले क्षति पुगेकाे दरबारमा अहिले निर्माण कार्य हुदै आएकाे छ  ।

मनकामना मन्दिर

Manakamana temple

मनकामना मन्दिर

मनकामना/मनोकामना भगवति गोरखाको मनकामना मन्दिर एक महत्वपूर्ण देवीस्थान शक्तिपीठ मानिन्छ। मनले चिताएको इच्छा पूरा गर्ने भगवती भन्ने अर्थमा मनकामना नाम रहन गएको हो। गोर्खाका राजा राम शाहकी रानी स्वयं मनकामना भगवतीको अवतार थिइन् भन्ने जनविश्वास छ।

दशैंमा पूजा गर्न आउनेहरूको यहाँ ठूलो भीड लाग्छ। यहाँ प्रत्येक अष्टमीका दिन बलि चढाइन्छ। मनकामनाको दर्शनले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। यो मन्दिरको पुजारीहरू भने मगर जातीको पिथकोते थरको हुने पाइन्छ।

पृथ्वीनारायण शाहको खस र मगर सेनाहरूले लिम्बुवानी सेनालाई हराय पछि यहिं आएर लखन थापा मगरले देवि लाई बलि भेट गरेको थाह पाइन्छ।

२०७२ सालमा गएकाे विनासकारी भुकम्पले क्षति पुगेकाे मन्दिर पूर्ननिर्माणपछि सबैका लागि खुल्ला गरिएकाे छ ।

 मनकामना केबलकार

मनकामना केबलकार वि.सं २०५५ मंसिर ८ गतेदेखि सञ्चालनमा रहेको पहिलो केबलकार हो । नेपालमा यसभन्दा अघि विभिन्न स्थानमा रज्जुमार्गहरू सञ्चालनमा रहेका भएपनि हाल सञ्चालनमा छैनन् ।

प्रत्येक वर्ष हजारौं भक्तजनहरू चितवन जिल्लाको कुरिनटारको चेरेसबाट यो केबलकार हुँदै गोरखा जिल्लाको मनकामना मन्दिर पुग्ने गर्दछन् ।

Manakamana cable car

मनकामना केबलकार

मनकामना दर्शन प्रा. लि.द्वारा सञ्चालित ३.०२ किलोमिटर लामो यो केबलकार अष्ट्रेलियाको डोपल मायर कम्पनीको प्रत्यक्ष निगरानीमा निर्माण गरिएको थियो ।

कुल २० वटा टावर प्रयोग गरिएको यो केबलकारको तल्लो स्टेशन उचाइ २५८ मिटर रहेको छ भने माथिल्लो स्टेशनको उचाइ १,३०२ मिटर रहेको छ ।

१० मिनेटमा माथिल्लो स्टेशनसम्म पुग्ने यो केबलकारको गति क्षमता ०.६ मिटर प्रति सेकेन्ड रहेको छ । ६ व्यक्ति प्रति डब्बा यात्रु क्षमता भएको यो केबलकारले प्रति घण्टा ६०० यात्रु ओसारपसार गर्न सक्छ ।

छेकम्पार

गोरखाको उत्तरी क्षेत्रमा पर्ने मनास्लु पदयात्रा, हिमाल आरोहण, वौद्ध संस्कृतिको अध्ययन र वन्यजन्तु तथा प्राकृतिक दृश्यावलोकनका लागि छेकम्पार गाउँ उपयोगी मानिन्छ।

मनास्लु ट्रेकिङ रूटमा पर्ने तुम भ्यालीको यो गाउँबाट हिमालहरूको मनोरम दृश्य देखिनुका साथै बौद्ध गुम्बाहरूको पनि आनन्द लिन सकिन्छ।

Rachhen Gumba

राछेन गुम्बा।

छेकम्पार भनिने चुम उपत्यकाका जनता गत १०० वर्षदेखि अहिंसाप्रति प्रतिबद्ध छन्। त्यहाँको प्रत्येक नयाँ पुस्ताले त्यो प्रतिबद्धता दोहोर्‍याउने, नवीकरण र परिमार्जन गर्ने काम पनि गर्दै आएको छ।

उत्तरी छिमेकी चीनसँगको सीमा जोडिएको यो ठाउँका अधिकांश मानिसहरू आफ्ना दैनिक उपभोग्य बस्तुहरू किन्न सीमापार जाने गर्छन्।

मनास्लु हिमाल 

गोरखासँग जोडिएको अर्काे नाम हो, मनास्लु। यो हिमाल हो र यसलाई विश्वमा ज्यानमारा हिमाल (किलर माउण्टेन)को उपमा पनि दिइएको छ। राउण्ड अन्नपूर्ण जति चर्चामा छ, मनास्लु त्यत्ति चर्चामा अझै छैन।   ।

मनास्लु अथवा मनासलु (जसलाई कुताङ्ग भनेर पनि भनिन्छ) यो संसारको आठौँ अग्लो हिमाल हो, र यो मानसिरी पर्वतशृङ्खलामा रहेको छ । यो नेपाली हिमालय शृङ्खलाको एक भाग हो । यसको नामले ‘उत्साहको पर्वत’ भन्ने अर्थ राख्दछ ।

manaslu circuit trek tour 2 388 1540290869

संस्कृत भाषाको शव्द मानस, जसले ‘वुद्धि’ या ‘आत्मा’ भन्ने जनाउँछ । यसको आरोहण सर्वप्रथम ९, १९५६ मा जापानी आरोहण टोलीका सदस्यहरू तासिओ इमानिसीले र ग्याल्जेन नोर्बुद्वारा भएको थियो ।

भनिन्छ नेपालमा रहेको सगरमाथालाई बेलायतीहरूले आफ्नो माने जस्तै मनासलुलाई जापानी पर्वतको रूपमा लिइन्छ । यसको उचाई ८,१५६ मिटर छ ।

मनास्लु संरक्षण क्षेत्र

गोरखा र मनाङ जिल्लामा रहेको यो संरक्षण क्षेत्र उत्तरमा चीनको सिमानासँग जोडिएको छ भने पश्चिममा अन्नपूर्ण संरक्षण क्षेत्रको सिमानासम्म फैलिएको छ । यो क्षेत्र ई.सं. १९९१ पछि मात्र विदेशीहरूका लागि खुला गरिएको हो ।

गोरखा सदरमुकामबाट बूढीगण्डकी नदीको तीरैतीर भई लार्के भञ्ज्याङ (५१०६ मि.) नाघेर करिब १० दिनको पदयात्रापछि यस क्षेत्रमा पुग्न सकिन्छ ।

यस क्षेत्रको उँचाइ ६०० मि. देखि संसारको आठौं अग्लो चुचुरो (८,१६३ मि.) मनास्लुसम्म फैलिएको छ ।

यसको क्षेत्रफल १,६६३ वर्ग कि.मि. रहेको छ, जस अन्तर्गत साविकका ७ वटा गा.वि.स. रहेका छन् ।

manaslu conservation area

मनास्लु संरक्षण क्षेत्र

अत्यन्त सुन्दर प्राकृतिक तथा सांस्कृतिक सम्पदाले सम्पन्न यस क्षेत्रमा करिब ७ हजार स्थानीय गुरुङ (भोटिया) जातिहरूको बस्ती रहेको छ । उनीहरूको रहनसहन तिब्बती संस्कृतिसँग मिल्दोजुल्दो छ भने मुख्य पेशा पशुपालन तथा कृषिमा आधारित छ ।

हिउँदे मौसममा उनीहरू कामको खोजीमा तल्लो क्षेत्रमा झर्ने गर्दछन ।

यस संरक्षण क्षेत्रमा करिब २९ प्रजातिका स्तनधारी जन्तुहरू जस्तै– हिउँ चितुवा, कस्तुरी मृग, नाउर, झारलका साथै करिब ११० प्रकारका चराहरू र ३ प्रकारका सर्पजातिहरू एवं २०० भन्दा बढी हिमाली वनस्पतिहरू पाइन्छन् |

लिगलिगकोट

लिगलिगकोट गोरखा जिल्लाको साविकको आँपपिपल गाविस वडा नम्बर ४ हालको पालुङटार नगरपालिका वडा नम्बर २ खोल्लीमा पर्दछ । काेट ऐतिहासिक तथा पर्यटकीय महत्वको स्थान हो।

लिगलिगकोट समुन्द्री सतहबाट करिब १,४३७ मिटर अर्थात ४,७९० फिट उचाईमा अवस्थित छ ।

गोरखा जिल्लाका ३९ वटाकोटहरुमध्ये लिगलिगकोट एक हो ।

लिगलिगकोट नेपाल एकिकरणको सुरूवातकर्ता मानिएका द्रव्य शाहको दरवार रहेको स्थान पनि हो । हाल उक्त दरवार नभए पनि दरवारको भग्नावशेष यद्यपी त्यहाँ विद्यमान छ।

lig lig kot

लिगलिगकोट

कोट आसपासमा भत्किएर भग्नावशेष रूपमा रहेका करिब आधा दर्जन घर, कालिका, भूमेलगायतका ससाना देवीदेवताका मन्दिर छन्।

मर्स्याङ्दी नदी र चेपे नदीको सँगमस्थल चेपेघाटदेखि यस स्थान सम्म दौडेर प्रथम हुने घले राजा हुने परम्परा रहेको थियाे ।

lig lig kot.

लिगलिगकोट

यहाँ आजभन्दा ४६० वर्ष पहिले बि.स.१६१५ सम्म दौड जित्ने मानिस एक बर्षको लागि राजा बन्ने परम्पराको रहेको थियो ।

बि सं १९१६ सालमा द्रब्यशाह राजा बनेपछि दौड प्रतियोगिता हुन छाडेको थियो । शाह वंशको अन्त्य पश्च्यात ४ सय ५२ वर्ष पछि २०६७ सालदेखि पुन: दौड प्रतियोगिता संचालन गर्न थालिएको हो ।

Snow covered shelters of April May quake survivors in Laprak of Gorkha

Snow-covered shelters of April-May quake survivors in Gupsipakha of Laprak, near the April 25 earthquake epicentre Barpak, in Gorkha district, on Saturday, January 9, 2016. The snowfall coupled with the hailstorm has added problems to woes of the quake survivors, who have been waiting for reconstruction. Photo: RSS

बारपाक/लाप्राक

२०७२ साल बैशाख १२ थते गएकाे विनाशकारी भुकम्पकाे केन्द्र विन्दु बारपाक एक पर्यटिकय स्थल हाे ।

यहाँ घले र गुरूङ समुदायकाे बाक्लाे बस्तिका कारण चर्चा रहेकाे थियाे । तर भुकम्पले ध्वस्त बनाएपछि पुरनाे माैलिकता नै लाेप हुने अहिले पुननिर्माण काम भइरहेकाे छ । त्यस्तै लाप्राक पनि भुकम्पले ध्वस्त बनायाे । लाप्राककाे मुख्य गाउँ पहिराे जाने गर्छ ।

Barpak in Gorkha 1

भुकम्प पछि गुम्सिपाखामा एनअाएनले अहिले स्थायि प्रकारकाे घरहरू निर्माण गरिरहेकाे छ । तर, स्थानिय भने अहिले तल भागमा नै बस्दै आएका छन् ।

लार्केपास

उत्तरी तिब्बतसँग सिमा जाेडिएकाे लार्केपास एक ऐतिहासिक क्षेत्र हाे ।

manaslu circuit trekking tour larke pass

श्रीनाथकोट मण्डली

गोरखाको सिरानचोक गाँउपालिका पुरातात्वीक एवं ऐतिहासिक मानिएको सिरानचोक कोटको संरक्षणमा जुटेको छ ।

यो कोट ४ सय बर्ष भन्दा पुरानो रहेको लिखित दस्तावेज नै फेला परेको छ ।

बाइसे–चौबीसे राज्यकै पालाको सिरानचोक कोट र गढीको संरक्षणसँगै प्रचारप्रसार गरी पर्यटक भित्र्याउन गाउँपालिकाले चालु आर्थिक वर्ष झन्डै एक करोड रुपैयाँ बजेट छुट्टाएको छ  ।

गोरखाकालिका र गोरखनाथ गुफा

धार्मिक एवं एतिहासिक नगरी गोरखा जिल्लाको गोरखा नगरपालिकामा रहेकाे गोरखा दरवारमा गोरखनाथ मन्दिर अवस्थित रहेको छ । यो  गोरखनाथ मन्दिर नेपाल सरकारको स्वामित्वमा छ ।

गोरखा दरबारमा गोरखनाथको मन्दिर र बाहिरी प्रारुप पछिल्लो समयको भएपनि उनको पूजा पाठ द्रव्य शाहकै पालादेखि शुरु भएको भन्ने भनाइ पाइन्छ । गोरखनाथ नाथ सम्प्रदायका सिद्धयोगी मानिन्छन् ।

यिनले मच्छिन्द्रनाथसँग शिक्षा ग्रहण गरी सिद्धी प्राप्त गरेका कथाहरु पाइन्छन् ।

Gorkha Darbar 2

भूकम्पले क्षतिग्रस्त ऐतिहासिक गोरखा दरबारको जीर्णोद्धार सुरु गरिँदै ।

द्रव्य शाह र उनका सन्तती एवं सम्पूर्ण देशवासीहरुले गुरु गोरखनाथलाई संरक्षक देवताका रुपमा पूजा आराधना गर्दै आएका छन् ।

गोरखनाथको नित्यपूजा परम्पार राजा पृथ्वीपतिशाहको पालादेखि शुरु भएको मानिन्छ । २०४१ सालमा मन्दिरको पुरानो स्लेटको छाना फेरी धातुको छाना राखिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ