काठमाडाै- मेडिकल शिक्षा सुधारको माग राख्दै २४ दिन अघि १६ औँ सत्याग्रह सुरु गरेका डा. गोविन्द केसी शुक्रवार अनशन ताेडने भएका छन् ।
डा. केसीले अनशन तोड्ने भएपछि अस्पतालमा सञ्चारकर्मीको भिड लागेको छ ।
आफूसँग १५ औँ अनसनका क्रममा भएको सहमति पालना गरी चिकित्सा शिक्षा विधेयक पारित गर्न माग गर्दै अनसन बसे पनि सरकारले अनसनको बेवास्ता गर्दै संसद्मा विधेयक पेस गरेको थियो ।
हाल चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भइसकेको छ ।
केसीलाई पछिल्लो समय अनसन तोड्न चौतर्फी दबाब परेको थियो ।
पूर्व राष्ट्रपति डा. रामवरण यादव, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, पूर्व सभामुख दमननाथ ढुङ्गाना, चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्च स्तरीय कार्यदलका अध्यक्ष केदारभक्त माथेमालगायतले अनसन तोड्न केसीलाई छुट्टाछुट्टै रूपमा आग्रह गरेका थिए ।
प्रतिक्रिया