+
Search

ताजा अपडेट +

पपुलर +

प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति

पालिका लाइभ
२०८३ श्रावण ९, शनिबार

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकार गठन र सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ।

शनिवार भएको उक्त सहमति पत्रमा एमालेका अध्यक्ष केपी ओली र नेकपाका संयोजक प्रचण्डले हस्ताक्षर गरेका छन्।

पछिल्लो समय प्रदेश सभामा बजेट निर्माणमा देखिएको असमझदारी, बजेटविहीनताको अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धा लगायतका समस्या समाधान गर्न दुई दलबीच सहमति पत्रमा हस्ताक्षर भएको हो।

राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासको गतिलाई तीव्र तुल्याउन प्रदेश सभाहरूमा सहकार्य गर्ने र संयुक्त सरकार गठन गर्ने निर्णय दुई दलले गरेका छन्।

सहमतिअनुसार संयुक्त सरकारमा कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशको नेतृत्व नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले गर्नेछ। त्यसैगरी कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कम्युनिस्ट पार्टीले गर्नेछ।

मधेस प्रदेश र गण्डकी प्रदेशमा सरकार गठनका सन्दर्भमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गरिने सहमति पत्रमा उल्लेख छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ