गोरखा- लियो क्लब अफ गोरखाले सञ्चालन गरिरहेको गोरखा नगरपालिका स्तरीय माध्यमिक विद्यालय हस्तलेखन प्रतियोगिता अन्तर्गत आइतबार तीन विद्यालयमा प्रतियोगिता सम्पन्न गरेको छ।
क्लबले तारा माध्यमिक विद्यालय छेपेटार, महालक्ष्मी माध्यमिक विद्यालय लक्ष्मीबजार र महेन्द्र माध्यमिक विद्यालय कुन्दुरमा हस्तलेखन प्रतियोगिता आयोजना गरेको हो।
तारा माध्यमिक विद्यालय छेपेटारमा २२ जना विद्यार्थीबीच भएको प्रतिस्पर्धामा रुपा थापा प्रथम, जेलिना तामाङ द्वितीय र अनुपा कुमाल तृतीय हुन सफल भए।
त्यस्तै, महेन्द्र माध्यमिक विद्यालय कुन्दुरमा ३० जना विद्यार्थी सहभागी भएको प्रतियोगितामा सुस्मिता सुनार प्रथम, लक्ष्मी कुमाल द्वितीय र सुनिल रोका तृतीय भए।
महालक्ष्मी माध्यमिक विद्यालय लक्ष्मीबजारमा २४ जना विद्यार्थीबीच सम्पन्न प्रतियोगितामा अस्मिता राना मगर प्रथम, आसिका उपरकोटी द्वितीय र निस्ना बिक तृतीय घोषित भएका छन्।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको क्लबले जनाएको छ। साथै प्रथम हुने विद्यार्थीहरूलाई अन्तिम चरणको प्रतियोगिताका लागि छनोट गरिएको छ।
कार्यक्रममा लियो क्लब अफ गोरखाका सचिव बालकृष्ण परियार, सहसचिव कर्ण गुरुङ, सदस्य अनुका आले मगरलगायतको उपस्थिति रहेको थियो।
क्लबले गोरखा नगरपालिका भित्रका १६ माध्यमिक विद्यालयमा हस्तलेखन प्रतियोगिता सञ्चालन गरिरहेको छ। विद्यालयस्तरबाट छनोट भएका प्रथम विद्यार्थीहरूबीच अन्तिम प्रतिस्पर्धा गराई उत्कृष्ट हस्तलेखनकर्ता घोषणा गरिने कार्यक्रम रहेको क्लबले जनाएको छ।
प्रतिक्रिया