+
Search

ताजा अपडेट +

पपुलर +

सामागाउँबाट काठमाडौं आउँदै गरेको अल्टिच्युड एयरको हेलिकप्टर धादिङमा दुर्घटना

पालिका लाइभ
२०७५ भाद्र २३, शनिबार

गोरखा- उत्तरी गोरखाको सामागाउँबाट काठमाडौं आउँदै गरेको अल्टिच्युड एअरको हेलिकप्टर दुर्घटनामा परेको छ ।

मनासलु क्षेत्रमा पर्यटकहरू छाडेर फर्किँदै गरेको कल साइन ९एन–एएलएसको हेलिकोप्टर धादिङमा दुर्घटनामा परेको हो। हेलिकोप्टर भेटिएको भनिएको क्षेत्र धादिङ र नुवाकोटको सीमा क्षेत्रमा पर्दछ ।

चुमनुब्री गाउँपालिकाको १ र २ नम्बरको सीमा क्षेत्रमा पर्ने सानागाउँबाट फर्किँदै गरेको हेलिकोप्टर शनिवार बिहान धादिङमा दुर्घटना भएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जनाएका छन्  ।

बिहान ८ बजेर १८ मिनेटमा ल्यान्ड हुनुपर्ने गोरखाको सामागाउँबाट काठमाडौँ उडेको हेलिकप्टरमा ६ जना यात्रु र एक जना क्याप्टेन रहेका थिए । महाप्रबन्धक  क्षेत्रीका अनुसार यात्रुले ‘हेल्लो’ भनेको मात्रै सुनिएको थियो ।

अल्टीच्यूट एयरका अनुसार, शनिवार बिहान ८ बजेर ५ मिनेटपछि हेलिकप्टरको टावरसँगको सम्पर्क टुटेको थियो। उक्त हेलिकप्टर क्याप्टेन निश्चल बस्नेतले उडाएका थिए।

गोरखाको सामागाउँमा पर्यटक छाडेर, त्यहाँबाट बिरामी ल्याएर हेलिकोप्टर काठमाडौं फर्किँदै गर्दा सम्पर्कविहीन भएको थियो ।

गोरखाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार करिब २५ माइल उडेपछि हेलिकोप्टर सम्पर्कविहीन भएको थियो ।गोर्खाको चुमनुब्री गाउँपालिकाको सानागाउँ मनासलु क्षेत्रमा पर्दछ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ