+
Search

ताजा अपडेट +

पपुलर +

चुनावी दौडधूपले नारायणकाजी बिरामी, किस्ट अस्पतालमा उपचार हुँदै

पालिका लाइभ
२०७४ मंसिर २६, मंगलवार

गोरखा– नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ बिरामी भएका छन्।

गत कार्तिक ५ मा गोरखा क्षेत्र–२ को प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएदेखि लगातार चुनावी सभा र घरदैलोमा रहेका श्रेष्ठलाई केही समय अघिदेखि नै ज्वरो आएको थियो।

चुनावी दौडधूपका कारण उनी बिरामी भएको उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले बताए।

‘गत ७ गतेदेखि नै बिरामी हुनुहुन्थ्यो,’ स्वकीय सचिव श्रेष्ठले भने, ‘चुनावी दौडधूपले गलायो। निद्रा पनि पुगेको थिएन। ज्वोरो आएको थियो। ब्लड पनि कम रहेको डाक्टरहरुले भन्नुभएको छ, अहिले रिकभर हुँदै छ।’

श्रेष्ठका अनुसार नारायणकाजी ललितपुर स्थित किस्ट अस्पतालमा मंसिर १३ गतेदेखि भर्ना गरी उपचाररत छन्।

मंसिर १० मा मतदान गरेर नारायणकाजी ११ मंसिरमा राजधानी फर्केका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ