+
Search

ताजा अपडेट +

पपुलर +

सबैको सदभाव र सहयोगले विजय हाँसिल- न्यौपाने

पालिका लाइभ
२०७२ माघ २६, मंगलवार

दमौली- नेपाली कांग्रेस तनहुँका नवनिर्वाचित सभापति बैकुण्ठनाथ न्यौपानेले सबैको सद्भाव र सहयोगले आफूहरुले विजय हाँसिल गरेको बताएका छन् ।

जिल्ला अधिवेशनबाट सभापतिमा पदमा निर्वाचित भएपछि कार्यकर्तालाई सम्बोधन गर्दै नवनिर्वाचित सभापति न्यौपानेले आफूहरुलाई विजयी गराएकोमा आभार समेत प्रकट गरे ।जिल्ला नेतृत्व चयन गर्ने सवालमा आफ्नै पार्टीभित्रकै साथीसँग प्रतिस्पर्धा गर्नुपरेकोले यसलाई अन्यथा लिन नहुने समेत नवनिर्वाचित सभापति न्यौपानेले बताए ।

पार्टीको आन्तरिक निर्वाचन भएकोले जिल्ला नेतृत्व चयन गर्ने सवालमा खेलको नियम अनुसारको एउटा अन्तिम चरण पार गरेको न्यौपानेको भनाई थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ