+
Search

ताजा अपडेट +

पपुलर +

बालेन निवासमा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई दिवाभोज र तिहार शुभकामना

पालिका लाइभ
२०८० कार्तिक २५, शनिबार

काठमाडौं । सिंहदरबारमा आगो लगाउँने चेतावनीका बेला चिसिएको उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सम्बन्ध न्यानो बनाउने प्रयास मेयर पत्नी सबिनाले गरेकी छन् ।

शनिवार उपप्रधानमन्त्री श्रेष्ठलाई मेयर निवास लाजिम्पाटमा बोलाएर दिवाभोजपछि सबिनाले तस्विर सार्वजनिक गर्दै गृहमन्त्रीलाई लञ्चमा बोलाउन पाउँदा खुसी लागेको बताएकी छन् ।

स्वकीय सचिव सुशसन कर्माचार्यासहित मेयरको सरकारी निवासमा पुगेका श्रेष्ठलाई मेयर शाह दम्पत्तिले स्वागत गरेका थिए ।

पत्नी सबिना प्रसुति व्यथाले अस्पताल लैजाने क्रममा ट्राफिक प्रहरीले गाडी रोकेर चेकजाँच गरेको विरोधमा मेयरले सिंहदरवारमा आगो लगाउने चेतावनी दिएका थिए ।

तिहार शुरु भएका दिन श्रेष्ठलाई मेयर निवासमा शुभकामनाका लागि निमन्त्रणा गरिएको बालेनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ