+
Search

ताजा अपडेट +

पपुलर +

गोरखामा जलस्रोत तथा सिँचाइ विकास डिभिजनको कार्यालय उद्घाटन

पालिका लाइभ
२०७५ भाद्र ३१, आईतवार

गोरखा- गोरखामा जलस्रोत तथा सिँचाइ विकास डिभिजनको कार्यालय उद्घाटन भएको छ ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले गोरखा सदरमुकाममा रहेको प्रदेश स्तरीय जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको आइतबार एक कार्यक्रम बिच उद्घाटन गरेका हुन् ।

कार्यालयको मन्त्री बस्नेत र प्रदेश सांसद मन कुमारी गुरुङले संयुक्त रूपमा ब्यानर तानेर उद्घाटन गरेका थिए । कार्यालयको उद्घाटन गर्दै मन्त्री बस्नेतले कार्यालय स्थापना सँगै अब प्रदेश स्तरको विकास कार्यक्रम सञ्चालनमा सहजता आउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङ र प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको समेत उपस्थिति रहेको थियो ।

प्रदेश स्तरको ७ कार्यालय गोरखा रहेको मध्ये जिल्ला स्वास्थ्य, पशु, कृषि, बन कार्यालयको यस अघि नै कार्यालय स्थापना गरी कार्य सञ्चालन हुँदै आएको छ । शिक्षा र खानेपानीको भने कार्यालय स्थापना हुन बाँकी नै रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ