+
Search

ताजा अपडेट +

पपुलर +

एमाले प्रवेश गरेका चार माओवादी मन्त्रीको सांसद पद गुम्यो

पालिका लाइभ
२०७७ चैत्र २६, बिहीबार

काठमाडौं- नेकपा एमाले प्रवेश गरेका चार जना माओवादी केन्द्रका मन्त्रीहरुको सांसद पद गुमेको छ। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख अग्‍निप्रसाद सापकोटाले त्यससम्बन्धी सूचना पढेर सुनाएका हुन्।

माओवादी केन्द्रले एमाले प्रवेश गरेका चार मन्त्रीहरु ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरी र सहरी विकास मन्त्री प्रभु साहले पद त्याग गरेको सूचना मंगलबार संसद् सचिवालयमा दर्ता गरेको थियो।

माओवादी केन्द्रको केन्द्रीय कार्यसमितिको निर्णयसमेत संलग्‍न गरेर दर्ता भएको उक्त सूचना पढेर सुनाउँदै सांसद पद रिक्त भएको सभालाई जानकारी गराइएको हो।

अन्य राजनीतिक दलको गतिविधिमा संलग्‍न हुनुका साथै केन्द्रीय सदस्य स्वीकार गरेकाले प्रत्यक्ष निर्वाचित ती सांसदलाई माओवादीले हटाएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ