+
Search

ताजा अपडेट +

पपुलर +

बाढीबाट एनआईएमबी बैंकका ७ कर्मचारी सम्पर्कविहीन

पालिका लाइभ
२०८३ भाद्र ११, बिहीबार

काठमाडौं– नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा कार्यरत सात कर्मचारी बुधवार आएको बाढीबाट सम्पर्कविहीन भएका छन् ।

रसुवास्थित स्याफ्रुवेसी शाखाका पाँच, टिमुरे शाखाका १ र मैलुङ एक्स्टेन्सन काउन्टरमा एक जना गरी सात कर्मचारी सम्पर्कविहीन भएका छन् ।

स्याफ्रुवेसी शाखामा कार्यरत शिवप्रसाद लम्साल, जितमान घले, पेम्बा दावा लोपेचान, पासाङ याङ्जेन तामाङ र भीमबहादुर खड्का सम्पकविहीन भएका छन् ।

टिमुरे शाखामा कार्यरत डोल्मा लामा र मैलुङ एक्स्टेन्सन काउन्टरमा कार्यरत मुकेश खड्का सम्पर्कविहीन भएको बैंकले जानकारी गराएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ