+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ल्यायो ५.७५ प्रतिशत ब्याजदरको एसएमई कर्जा योजना

पालिका लाइभ
२०८३ भाद्र ८, सोमबार

काठमाडौं- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले व्यवसायी तथा उद्यमीहरूलाई लक्षित गर्दै अति आकर्षक ब्याजदरमा साना तथा मझौला (एसएमई) कर्जा सुविधा उपलब्ध गराउने नयाँ योजना सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत ग्राहकले वार्षिक ५.७५ प्रतिशतको अति आकर्षक ब्याजदरमा एसएमई कर्जा प्राप्त गर्न सक्नेछन् । यो ब्याजदर एक वर्षसम्म स्थिर रहने बैंकले जनाएको छ ।

‘मेहनती हातलाई हाम्रो साथ’ भन्ने मूल नाराका साथ सञ्चालनमा रहेको एनआईएमबी एसएमई कर्जामार्फत व्यवसायको प्रकृति, आवश्यकता, क्षमता तथा सदुपयोगिताको आधारमा उपयुक्त कर्जा सुविधा उपलब्ध गराइने बैंकले जनाएको छ ।

‘यस योजनामार्फत व्यवसायी तथा उद्यमीहरूले आफ्नो व्यवसाय विस्तार, चालु पूँजी व्यवस्थापन, नयाँ लगानी तथा व्यवसायको आवश्यकता अनुसार कर्जा प्राप्त गर्न सक्नेछन्’ बैंकले एक विज्ञप्तिमा भनेको छ ।

एनआईएमबीले देशभर रहेका २५१ शाखा मार्फत एसएमई कर्जा सम्बन्धी सेवा तथा जानकारी उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ