काठमाडौं– प्रभु बैंकले त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभागलाई डिजिटल बोर्ड हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण गरेको हो ।
शिक्षामा प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यका साथ त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड प्रदान गरिएको बैंकले जनाएको छ । यस सहयोगबाट डिजिटल शिक्षण सिकाइ प्रक्रिया थप प्रभावकारी, अन्तरक्रियात्मक तथा प्रविधिमैत्री बन्ने अपेक्षा गरिएको छ ।
उक्त हस्तान्तरण कार्यक्रममा प्रभु बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापक दीपेन्द्र बाबु विष्ट, मार्केटिङ म्यानेजर सबिन राणा तथा त्रिभुवन विश्वविद्यालयको तर्फबाट व्यवस्थापन केन्द्रीय विभागका प्रमुख, प्रोफेसर भवानी शंकर आचार्य, डा. सुनिता भण्डारी तथा अन्य पदाधिकारीहरूको उपस्थिति थियो ।
बैंकले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य र सामुदायिक विकासको क्षेत्रमा यस्ता सामाजिक उत्तरदायित्व कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
देशभर ३०० शाखा कार्यालय, २६५ एटीएम साथै ६६ एक्स्टेन्सन काउन्टर मार्फत करिब ३६ लाख ग्राहकलाई बैंकले सेवा दिँदै आएको छ ।
प्रतिक्रिया