+
Search

ताजा अपडेट +

पपुलर +

गरिमा विकास बैंकलाई उत्कृष्ट वार्षिक प्रतिवेदनमा सिल्भर अवार्ड

पालिका लाइभ
२०८३ असार १८, बिहीबार

काठमाडौं– नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)द्वारा वार्षिक रूपमा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन (बीपीए) अवार्ड २०२५ मा गरिमा विकास बैंकले सिल्भर अवार्ड पाएको छ ।

विभिन्न कम्पनीहरूले प्रकाशित गर्ने वार्षिक प्रतिवेदनको पारदर्शिता, उत्तरदायित्व र सुशासन सम्बन्धी मापदण्डलाई आधार मानी आइक्यानको तर्फबाट प्रदान गरिने यो अवार्डमा प्रकाशित आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनको आधारमा विकास बैंक समूहबाट गरिमाले सिल्भर अवार्ड पाएको हो ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आइक्यानको तर्फबाट अध्यक्ष सीए निल बहादुर सारू मगरले विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र लेखा विभाग प्रमुख केशव तिमल्सिनालाई उक्त अवार्ड हस्तान्तरण गरे ।

आईएसओ ९००१ः २०१५ र आइएसओ २७००१ः २०२२ मान्यता प्राप्त यस विकास बैंक न्यू बिजनेस एज लिमिटेडद्वारा मे ८ मा आयोजित न्यूबिज कन्क्लेभ एण्ड बिजनेस एक्सिलेन्स अवार्डको दसौँ संस्करणमा ‘बेस्ट म्यानेज्ड डेभेलपमेन्ट बैंक २०२६’ बाट र कर्पोरेट बिजनेस म्यागजिनद्वारा जुन १८ मा आयोजित कर्पोरेट बिजनेस अवार्ड एण्ड समिट २०२६ मा विकास बैंक समूहतर्फ ‘डेभलपमेन्ट बैंक अफ द इयर’ बाट समेत सम्मानित भएको थियो ।

हाल, गरिमा विकास बैंकका देशभर १२६ शाखा कार्यालय सञ्चालनमा छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ