काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्वविहीन रहेको राष्ट्रिय सभाले सरकारको वार्षिक नीति तथा कार्यक्रम पास गरेको छ ।
सरकारको नीति तथा कार्यक्रममा कांग्रेस, एमाले, नेकपाका सांसदहरूले एकल र संयुक्त संशोधनहरू राखेका थिए । ती संशोधनहरू मध्ये केही संशोधन सांसदहरूले फिर्ता लिए । तर अधिकांश संशोधन प्रस्ताव सभाले फेल गरेर सरकारको कार्यक्रम बहुमतले पास गरेको छ ।
राष्ट्रिय सभाले सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिएपछि राष्ट्रिय सभाले पारित गरेको हो ।
राष्ट्रिय सभाका संशोधन प्रस्तावहरू सांसदहरूले राखेका थिए । तर व्यक्तिगत संशोधन प्रस्तावहरू पारित भएनन् । सत्तारुढ रास्वपाको प्रतिनिधित्व नै नभए पनि अन्य दलहरूले सरकारको नीति तथा कार्यक्रम पारित गरेका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले तीन दिन अघि संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गरेका थिए । राष्ट्रिय सभाको बिहीबारको बैठकमा प्रधानमन्त्री शाहको तर्फबाट अर्थमन्त्री वाग्लेले संघीय लोकतान्त्रिक गणतन्त्रिक व्यवस्थाप्रतिको निष्ठामा कतै पनि शंका नगर्न आग्रह गरे।
उनले अग्रगमनको बाटोमा जाने कुरालाई शंका नगर्न अनुरोध गरेका हुन् । उनले सरकारले सांसदहरूका सबै सुझावहरूलाई ग्रहण गरेको र अब बजेटमा ती सुझाव अनुसार आउने प्रतिबद्धता जनाए ।
‘सरकारले सबै सुझावहरूलाई ग्रहण गरेको छ । लिखित तथा मौखिक धारणाले सबैको स्वामित्व भएको छ । प्रतिक्रियालाई बजेटमा समावेश गर्छु । प्रस्तुत नीति तथा कार्यक्रममा बजेटको नीति तथा सिद्धान्तको प्राथमिकता पेश गर्नेछु’ उनले भने, ‘हामी पाङ्ग्रा मात्र फेर्न आएका होइनौँ । हामी अग्रगमनको बाटोमा जाने हो ।’
उनले चुनावमा सुशासनका मुद्दाहरू बोकेर हिँडेकाले त्यही अनुसार जनमतले अनुमोदन गरेको उल्लेख गरे । उनले ट्रेड युनियनहरू खारेज गर्ने विषयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ पनि दिए ।
‘संघीय लोकतान्त्रिक व्यवस्थाप्रति हाम्रो पूर्ण प्रतिबद्धता छ ।त्यसैले हामीले सुशासनका मुद्दाहरू उठाएका छौँ । सरकारी सेवाभित्रको दलगत संगठन खारेज गरेको हो । हामीले वाचावपत्रमा नै यो राखेका थियौँ । समग्र ट्रेड युनियन मुभमेन्टलाई खारेज गर्ने भनेको होइन। दलगत संगठन मात्र खारेज गरेको हो’ उनले भने ।
अर्थमन्त्री वाग्लेले गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीहरूले इतिहासमा ट्रेड युनियन आन्दोलनबाटै उठेको कुरालाई स्मरण गरिए । ‘समग्र ट्रेड युनियनको मूल्यलाई फलो गर्छौँ’उनले भने,’यो अहिले अदालतमा यो विचाराधीन छ । हामी सामाजिक उदार लोकतन्त्रमा विश्वास गर्ने दल हौँ ।’
पूर्णपाठ
प्रतिक्रिया