काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले अब सांसदहरूले फाइल बोकेर हिड्न आवश्यक नभएको बताएका छन्।
सोमबार कोसी प्रदेशबाट निर्वाचित सांसदहरूसँग छलफलका क्रममा प्रधानमन्त्री शाहले विकास निर्माणका काम प्रक्रियागत रुपमा हुने बताएका हुन्। ‘सांसदले फाइल बोकेर हिड्न आवश्यक छैन। विकास निर्माणको प्रक्रिया त भइहाल्छ’ शाहले भने।
उनले यस वर्षलाई सुशासनका वर्षका रुपमा अघि बढाउने बताए। ‘यो वर्ष सुशासन वर्ष मनाउन सम्भव छ कि छैन, सुशासनको जगमा अरु विकास निर्माण अघि बढ्छ,’ उनले भने।
सोमबार अपराह्न प्रधानमन्त्री शाहले कोसी प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदसँग योजना र विकास निर्माणको विषयमा छलफल गरेका थिए। करिब ३ घण्टा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
अहिले प्रधानमन्त्री शाहले कर्णाली प्रदेशका सांसदसँग छलफल गरिरहेका छन्।
प्रतिक्रिया