+
Search

ताजा अपडेट +

पपुलर +

प्रभु बैंकको सिइओमा सुमन शर्मा नियुक्त

पालिका लाइभ
२०८२ माघ २०, मंगलवार

काठमाडौं– प्रभु बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुमन शर्मालाई सुम्पिएको छ। बैंकको सञ्चालक समितिको बैठकले उनलाई आगामी चार वर्षका लागि सिइओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

बैंकिङ तथा वित्तीय क्षेत्रमा करिब ढाई दशकको अनुभव बोकेका शर्मा यसअघि विभिन्न वाणिज्य बैंकमा नेतृत्वदायी भूमिकामा कार्यरत रहँदै आएका छन्। उनले सनराइज बैंक र माछापुच्छ्रे बैंकमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निर्वाह गरिसकेका छन् भने ग्लोबल आइएमई बैंक, एनएमबी बैंकलगायत संस्थामा पनि काम गरेको पृष्ठभूमि छ।

बैंकका अघिल्लो प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले पदबाट अलग हुने निर्णय गरेपछि सञ्चालक समितिले उनको राजीनामा स्वीकृत गर्दै नयाँ नेतृत्वका रूपमा शर्मालाई चयन गरेको हो।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ