+
Search

ताजा अपडेट +

पपुलर +

सरकारलाई एमालेको सन्देश- अध्यक्षलाई स्थान हद तोकिएको अवस्थामा निर्वाचनमा जान सक्दैनौँ

पालिका लाइभ
२०८२ पुष ८, मंगलवार

काठमाडौं– नेकपा एमालेले आफ्ना अध्यक्षलाई स्थानहद तोकिएको अवस्थामा निर्वाचनमा जान नसकिने सरकारलाई स्पष्ट गरेको छ ।

मंगलबार पार्टी कार्यालय च्यासलको अनुगमन गर्न गएका सरकारका मन्त्रीहरूसहितको सरकारी टोलीसँग एमालेका नेताहरूले अध्यक्षलाई स्थानहद तोकिएको अवस्थामा निर्वाचनमा जान नसकिने सरकारलाई स्पष्ट गरेका हुन् ।

एमाले उपमहासचिव रघुवीर महासेठले पार्टी अध्यक्षलाई स्थानहद तोकिएको अवस्थामा एमाले निर्वाचन जान नसक्ने स्पष्ट पारेका थिए । महासेठले चुनावी वातावरण बनाउने काम एमालेको नभई सरकारको भएकाले स्थानहद तोक्ने निर्णय हटाउन सुझाव दिएका थिए ।

सो अवसरमा सञ्चारमन्त्री जगदीश खरेलले निर्वाचनको तयारीका बारेमा छलफल भएको र एमालेका नेताहरूले चुनावी वातावरण बनाए निर्वाचनमा भाग लिने जानकारी गराएको जानकारी दिए ।

मन्त्री खरेलले कुनै पनि नेता वा कार्यकर्तालाई निर्वाचन प्रचारप्रसार र अभियानमा अघि बढ्दा कुनै अवरोध नआओस् भन्ने सुनिश्चितता सरकारले गर्ने समेत बताए ।

भदौ २४ गते ध्वस्त भएको एमालेको पार्टी कार्यालय अनुगमन गर्न सरकारी टोली आज अनुगमनका लागि गएको हो । सञ्चारमन्त्री जगदीश खरेल, कानुनमन्त्री अनिल कुमार सिन्हा र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अजय भद्र खनालसहितको टोलीले सरकारी टोलीले आजै नेपाली काँग्रेस र नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयको पनि अनुगमन गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ