+
Search

ताजा अपडेट +

पपुलर +

रवि लामिछाने आज रिहा हुने, धरौटी बुझाउन रूपन्देही जाँदै

पालिका लाइभ
पालिका लाइभ
२०८२ पुष ४, शुक्रबार

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज रिहा हुने भएका छन् ।

उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशअनुसार आवश्यक कागजी प्रक्रिया पूरा गरी आज उनी रिहा हुने भएका हुन् ।

ललितपुरस्थित नक्खु कारागारमा रहेका उनी आफैँ रुपन्देही जिल्ला अदालतमा उपस्थित हुनुपर्ने भएकाले बिहीबार रिहा हुन सकेका थिएनन् ।

लामिछानेलाई आज रूपन्देही जिल्ला अदालतमा उपस्थित गराइँदैछ। जिल्ला अदालतमै उपस्थित गराएर प्रक्रिया पूरा गर्नुपर्ने भएकाले रूपन्देही ल्याउन लागिएको उच्च अदालत तुलसीपुरका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए।

उच्च अदालतका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले लामिछानेलाई तीन वटा सर्तसहित थुनामुक्त गर्न आदेश दिएको थियो । आदेशको अन्तिम बुँदामा बिगोको हकमा दायित्व सिर्जना भए तिर्न–बुझाउन मन्जुर हुने कागज गराउनुपर्ने उल्लेख छ ।

बिगो वापतको दुई करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत प्रमाणीकरण र सनाखत गर्नुपर्ने भएपछि रुपन्देही लैजान लागिएको हो।

चैत २५ गते उच्च अदालतकै आदेशमा लामिछाने पूर्पक्षका लागि कारागार चलान भएका थिए । साउन ३१ गते लामिछानेलाई नख्खु सारिएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ

खोजमूलक, सकारात्मक तथा विकासवादी समाचार, सूचना र विचारले पाठकहरूमा आशा, विश्वास र सकारात्मक भावनाको विकास गराई नेपाली समाज, सभ्यता, संस्कृतिको विकासमा योगदान पुर्‍याउने उद्देश्यले मुनाफा वितरण नगर्ने कम्पनीको रूपमा पालिका लाइभको स्थापना गरिएको हो।