+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्रीलाई बालेनको आग्रह–लिपुलेक हाम्रो हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला

पालिका लाइभ
२०८२ भाद्र १४, शनिबार

काठमाडाैं- काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणको शुभकामना दिँदै केही सुझावहरू दिएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले लिपुलेक हाम्रो हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सन आग्रह गरेका हुन् ।

उनले लेखेका छन्– चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यु । नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला ।

भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ