+
Search

ताजा अपडेट +

पपुलर +

भैरहवा कारागार पुगेर बाबुराम भट्टराईले भेटे रवि लामिछाने

पालिका लाइभ
पालिका लाइभ
२०८२ श्रावण २२, बिहीबार

काठमाडाैं- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेटेका छन् ।

बिहीबार अध्यक्ष भट्टराईले सभापति लामिछानेलाई भेटेका हुन् ।

भेटमा वैकल्पिक शक्ति, सुशासन र समृद्धिका विषयमा कुराकानी भएको भट्टराईले बताएका छन् ।

उनले आफ्नो रास्वपाका सभापति लामिछानेप्रति सदभाव रहेकोले भेट्न आएको समेत बताए ।

उनले अदालतले गरेको फैसलामा टिप्पणी नगर्ने तर अहिले रवि लामिछानेमाथिको अभियोग पुष्टि नभएको बताए ।

लामिछाने जनताको प्रतिनिधि भएको नाताले कतै भागेर जाने सम्भावना नभएको पनि उनले बताए ।

नेसपा लुम्बिनी प्रदेशको दुई दिने प्रशिक्षण कार्यक्रममा भैरहवा आएका डा. भट्टराईले कारागारमा रहेका रास्वपाका सभापति लामिछानेसँग भेटघाटमा गरेको नयाँ शक्तिका केन्द्रीय सदस्य पंकज राईले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ

खोजमूलक, सकारात्मक तथा विकासवादी समाचार, सूचना र विचारले पाठकहरूमा आशा, विश्वास र सकारात्मक भावनाको विकास गराई नेपाली समाज, सभ्यता, संस्कृतिको विकासमा योगदान पुर्‍याउने उद्देश्यले मुनाफा वितरण नगर्ने कम्पनीको रूपमा पालिका लाइभको स्थापना गरिएको हो।