+
Search

ताजा अपडेट +

पपुलर +

कांग्रेसमा भद्रगाेल :

बागमती प्रदेशका चार मन्त्रीले दिए राजीनामा, संसदीय दलको नेता परिवर्तन गर्ने तयारी

पालिका लाइभ
२०८२ श्रावण ९, शुक्रबार

हेटौँडा– बागमती प्रदेशका चार मन्त्रीहरूले राजीनामा दिएका छन् ।

संसदीय दलका नेता रहेका बहादुर सिंह लामालाई हटाउनका लागि दबाब दिने उद्देश्यले चारमन्त्री शुक्रबार राजीनामा दिएका हुन् ।

युवा तथा खेलकुदमन्त्री मदनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारण मन्त्री मधुकुमार श्रेष्ठले राजीनामा दिएका हुन् ।

राजीनामा दिएका चारै जना मन्त्रीले केही दिनअघि मात्रै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए ।

बागमती प्रदेशका पार्टी सभापति समेत रहेका इन्द्र बानियाँले संसदीय दलको नेताप्रति सांसदहरुले असन्तुष्ट रहेको जानकारी गराए ।

संसदीय दलको नेता परिवर्तन गर्ने गरी अघि बढेको बानियाँले बताए । पार्टीभित्र बानियाँ र लामा दुवै संस्थापन पक्षका हुन् ।

१३ पुस २०७९ मा भएको कांग्रेस संसदीय दलको निर्वाचनमा बागमती प्रदेश सभापति बानियाँ लामासँग ५ मतले पराजित भएका थिए ।

एक नेता भन्छन्, ‘२१ सांसदको हस्ताक्षर तयार भइसकेको छ । बानियाँको पक्षमा २५ पुग्ने सम्भावना छ । अविश्वासको प्रस्ताव दर्ता गरेपछि निर्वाचनको प्रक्रिया सुरु हुन्छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ