+
Search

ताजा अपडेट +

पपुलर +

धरहरा अब बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुला हुने

पालिका लाइभ
२०८२ असार ३१, मंगलवार

काठमाडौ– धरहरा अब बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने भएको छ ।

साउन १ गतेबाट धरहरा खुल्ने समयावधि थप हुने भएको हो ।

सार्वजनिक विदाको दिन पनि अब धरहरा चढ्न पाइने जनाइएको छ ।

धरहरा अहिले दैनिक बिहान १० देखि बेलुका चार बजेसम्म खुला गरिएको छ ।

सरकारले दिने सार्वजनिक बिदाको दिन यो बन्द हुन्छ भने शनिबार दिइने साप्ताहिक बिदाको सट्टा बुधबार धरहरा बन्द हुने गर्छ ।

०७२ वैशाख १२ गतेको भूकम्पले ढलेको धरहरा पुननिर्माणपछि यही असोज ३ गतेबाट परीक्षणका रूपमा खुला गरिएको थियो । गत मंसिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित धरहरा खुला गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ