+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौं महानगरको आगामी वर्षको बजेट आइतबार सार्वजनिक हुने, २५ अर्बको आकार

पालिका लाइभ
२०८२ असार २७, शुक्रबार

काठमाडौं– काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को बजेट असार २९ गते, आइतबार सार्वजनिक गर्ने भएको छ।

शुक्रवार बसेको कार्यपालिकाको छोटो बैठकले बजेट आइतबार नगरसभामा प्रस्तुत गर्ने निर्णय गरेको हो।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र मेयर बालेन्द्र साहबीचको लामो समयदेखि चल्दै आएको विवादकै बीच कार्यपालिका बैठक बसेको हो।

सहमतिको खोजीमा भएको छलफलपछि आइतबार बजेट सार्वजनिक गर्ने सहमति जुटेको हो।

बजेट महानगरकी उपप्रमुख सुनिता डंगोलले नगरसभामा प्रस्तुत गर्नेछिन्।

शुक्रवार बिहान बसेको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकले आगामी वर्षका लागि २५ अर्ब ११ करोड ३४ लाख रुपैयाँको बजेट आकार तय गरेको छ।

समितिको बैठक मेयर साहको कार्यकक्षमा बसेको थियो, जहाँ प्रमुख प्रशासकीय अधिकृत गुरागाईंसहित अन्य सदस्यहरू सहभागी थिए।

बजेटमा पूर्वाधार विकासमा सबैभन्दा ठूलो प्राथमिकता दिइएको छ भने सामाजिक विकास, सुशासन, प्रशासनिक खर्च र आर्थिक क्षेत्रलाई पनि समेटिएको छ।

गत पुस महिनादेखि सुरु भएको आन्तरिक विवादका कारण यसअघि असार १० गते ल्याइनुपर्ने बजेट तोकिएको मितिमा प्रस्तुत हुन सकेको थिएन।

मेयर साहले प्रमुख प्रशासकीय अधिकृतलाई बाइपास गर्दै बैठक बोलाउने प्रयास गरेपछि प्रक्रिया अवरुद्ध भएको थियो।

लामो समयको किचलोपछि सहमति कायम हुँदै बजेट सार्वजनिक गर्ने तयारी भएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ