+
Search

ताजा अपडेट +

पपुलर +

रास्वपाको महामन्त्रीमा कविन्द्र बुर्लाकोटी, प्रवक्तामा मनिष झा

पालिका लाइभ
पालिका लाइभ
२०८२ असार ७, शनिबार

काठमाडाैं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्रीको जिम्मेवारी कविन्द्र बुर्लाकोटीलाई दिएकाे छ ।

तेस्रो स्थापना दिवसको उपलक्ष्यमा बसेको आजको केन्द्रीय समिति बैठकले पार्टीको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीलाई महामन्त्रीकाे जिम्मेवारी दिएकाे हाे ।

उनी यसअघि कार्यवाहक महामन्त्री थिए ।

रास्वपाले कार्यवाहक हटाएर उनलाई महामन्त्री बनाएकाे हाे ।

मुकुल ढकालमाथि पार्टीले गरेको अनुशासनात्मक कारबाहीपछि बुर्लाकोटीलाई कार्यवाहक महामन्त्रीको जिम्मेवारी दिइएको थियो।

त्यस्तै बैठकले कार्यवाहक प्रवक्ताका रूपमा रहेका मनिष झालाई प्रवक्ताको रूपमा पूर्ण जिम्मेवारी दिने निर्णय पनि गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ

खोजमूलक, सकारात्मक तथा विकासवादी समाचार, सूचना र विचारले पाठकहरूमा आशा, विश्वास र सकारात्मक भावनाको विकास गराई नेपाली समाज, सभ्यता, संस्कृतिको विकासमा योगदान पुर्‍याउने उद्देश्यले मुनाफा वितरण नगर्ने कम्पनीको रूपमा पालिका लाइभको स्थापना गरिएको हो।