+
Search

ताजा अपडेट +

पपुलर +

बजेट

रासायनिक मलमा अनुदानका लागि २८ अर्ब ८२ करोड

पालिका लाइभ
२०८२ जेष्ठ १५, बिहीबार

काठमाडौं– सरकारले रासायनिक मलमा अनुदानका लागि २८ अर्ब ८२ करोड बजेट विनियोजन गरेको छ ।

बिहीबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उक्त जानकारी दिएका हुन् ।

‘रासायनिक मल ६ लाख मेट्रिक टन पुर्‍याइने छ । रासायनिक मल अनुदानका लागि २८ अर्ब ८२ करोड विनियोजन गरेको छु ,’ उनले भने,‘लगानी बोर्डमार्फत रासायनिक मल कारखाना आवश्यक तयारी गरिनेछ ।’

माटोको गुणस्तर कायम राखी उत्पादकत्व वृद्धि गर्न प्राङ्गारिक कृषि प्रवर्द्धन कार्यक्रममा ४० करोड विनियोजन गरिएको जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ