+
Search

ताजा अपडेट +

पपुलर +

पोखरा विमानस्थलबारे अनुसन्धान गर्न अख्तियारलाई लेखा समितिको निर्देशन

पालिका लाइभ
२०८२ जेष्ठ ७, बुधबार

काठमाडौं– संसद्को सार्वजनिक लेखा समितिले पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुसन्धान गर्न निर्देशन दिने निर्णय गरेको छ ।

करिब साढे ४ घन्टा लामो छलफलपछि लेखा समितिका सभापति ऋषिकेश पोखरेलले राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिको प्रतिवेदन, त्यो उपसमितिमा रहेका गोकुल बास्कोटा र तारा लामाको पुरक मतसहितको प्रतिवेदन ग्रहण गरेर त्यसलाई समेत अख्तियारमा पठाउने निर्णय गरेको जानकारी दिए ।

उनले भने, ‘प्रतिवेदनमा भएका विषयवस्तु हेर्दा १५ वटा मुलभूत प्रश्नहरू अघि सारेको देखिन्छ । यी प्रश्नहरूलाई निर्णयकै रुपमा समावेश गरेर हामीले अख्तियार पठाउने निर्णय गरेका छौं ।

लेखा समितिमा निर्णय हुनुअघि सांसदहरूले प्रतिवेदनलाई ग्रहण गर्ने तरिका, लेखा समितिको नेतृत्व र अरु कार्यशैलीका बारेमा पटकपटक विवाद र नोकझोक भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ