+
Search

ताजा अपडेट +

पपुलर +

सूचना बिनै करेन्ट छाडिंदा विद्युत पोलमै गयो ज्यान

पालिका लाइभ
२०८२ जेष्ठ ३, शनिबार

काभ्रे- काभ्रेमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ ।

मृत्यु हुनेमा सर्लाहीको लालबन्दीका अन्दाजी २८ वर्षीय उपेश नेपाली (परियार) रहेका छन्।

शनिबार बिहान ११ः३० बजेको समयमा धुलिखेल नगरपालिका ७ सञ्जीवनी चोकस्थितमा ११ हजार भोल्टको हाइटेन्सन लाइनमा बिजुलीको पोलमा चढेर काम गरिरहेको अवस्थामा अचानक उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

तार जोड्न पोलमा चढेका परियारको विद्युत प्राधिकरणले सूचना विनै लाइन छाड्दा करेन्ट लागेर मृत्यु भएको आरोप छ ।

शुक्रबार मात्रै विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रले सूचना जारी गर्दै त्यस क्षेत्रमा ११ केभी लाइन चार्ज गरिने जनाएको थियो । त्यसैले सावधानी अपनाउन भनेको थियो । तर, कार्यालयकै असावधानीले एक जना मजदुरको मृत्यु भएको छ ।

उनलाई विद्युत प्राधिकरणले नै काममा लगाएको थियो ।

घटनाको सूचनापछि जिल्ला प्रहरी कार्यालय काभ्रेबाट प्रहरी निरीक्षक हरेराम नेपालको कमाण्डमा २५ जनाको टोली खटिएको थियो ।

उनको शव पोलबाट झिकेर पोस्टमार्टमका लागि धुलिखेल अस्पताल पठाएको छ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ