+
Search

ताजा अपडेट +

पपुलर +

प्रतिनिधिसभा सदस्य निर्वाचनः रास्वपाका १०१ उम्मेदवार विजयी

फाइल तस्बिर
पालिका लाइभ
२०८२ फाल्गुन २४, आईतवार

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म १०१ क्षेत्रमा विजयी भएको छ ।

आज बिहान ७ः५० बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले २४ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहेका छन् ।

निर्वाचन आयोगका अनुसार हालसम्म मतगणना सार्वजनिक भएकामा नेपाली कांग्रेसले १६ क्षेत्रमा जित हासिल गरेको छ भने १ स्थानमा अगाडि रहेको छ । नेकपा (एमाले) ११ स्थानमा विजयी हुँदा ४ स्थानमा अगाडि रहेको छ ।

आयोगका अनुसार नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट हालसम्म ६ उम्मेदवार विजयी भएका छन् भने २ स्थानमा अग्रता लिएका छन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा विजयी भएका छन् ।

हालसम्म जितको खाता खोल्न नसकेको श्रम संस्कृति पार्टीका तीन जना उम्मेदवार अग्रस्थानमा छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ