+
Search

ताजा अपडेट +

पपुलर +

कांग्रेस विशेष महाधिवेशनमा देउवा पक्षका केन्द्रीय सदस्यहरू पनि सहभागी

पालिका लाइभ
२०८२ पुष २७, आईतवार

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका केन्द्रीय सदस्यहरू कांग्रेसको दोस्रो विशेष सम्मेलनमा सहभागी भएका छन् ।

सम्मेलनमा सहभागी केन्द्रीय सदस्यहरूको नाम मञ्चबाट वाचन गरिएको छ । डिला संग्रौला, पुष्पा भुसाल, राजन केसी, अब्जुल सतार, अर्जुन जोशी, देवेन्द्रराज कँडेल, नानु बास्तोल, योगेन्द्र चौधरी, भरत शाह, विनोद चौधरी र उदयशमशेर राणालगायत नेताहरूको नाम पढेर सुनाइएको हो ।

उपस्थित केन्द्रीय सदस्यहरूलाई मञ्चमा आसनग्रहण गराइएको छ । अन्य केन्द्रीय सदस्यहरू पनि कार्यक्रममा सहभागी हुन आउँदै गरेको जानकारी उद्घोषकले दिएका छन् ।

कांग्रेसभित्रको विवादका बीच दोस्रो विशेष सम्मेलन जारी छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ