काठमाडौं- सडक डिभिजन भरतपुरले हाल मुग्लिन-नारायणगढ सडक अवरुद्ध नभएको जनाएको छ।
शनिबार बिहान ६:४५ बजेसम्मको अवस्थाबारे जानकारी दिँदै डिभिजन कार्यालयले मुग्लिन-नारायणगढ सडक खण्डमा पानी परिरहेको छ र कुनैकुनै स्थानहरूमा सामान्य ढुंगाहरू झरेको जनाएको छ।
यद्यपि, सवारी आवागमन संचालनमा रहेकाे जनाइएको छ।
पानी परिरहेको र यस खण्डमा पहिरोकाे जाेखिम कायमै रहेकाले कृपया सावधानी पूर्वक सुरक्षित यात्रा गर्नुहुन आग्रह गरिएको छ।
प्रतिक्रिया